aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

सुशान्त राजपुतको आत्महत्या पछि, छिमेकी भाउजुले गरिन प्राण त्याग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ असार २०७७
सुशान्त राजपुतको आत्महत्या पछि, छिमेकी भाउजुले गरिन प्राण त्याग

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको घटना सेलाउन नपाँउदै उनको भाउजुको निधन भएको छ ।

सुशान्तको मृत्युको थाहा पाएपछि उनकी भाउजुले पनि प्राण त्याग गरेको भारतीय मिडियाले जनाएका छन् ।

बिहारको पूर्णिया जिल्लामा रहेकी उनकी भाउजु सुधा देवी देवर सुशान्तको मृत्युको खबरले निधन भएको भारतीय सञ्चारमाध्यमको दाबी छ ।

ज्यान गुमाउने सुधा सुशान्तको आफ्नै भाउजु भने होइनन् । सुधा देवी उनको काकाको छोराको श्रीमती भएको समाचारमा बताइएको छ । सुशान्तको पुर्ख्यौली गाउँ बिहारको पूर्णिया जिल्लाको मलडीहा हो ।

प्रतिक्रिया दिनुहोस