aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

ओली विरुद्ध जनता भड्काउने भारतीयको अर्को चाल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ असार २०७७
ओली विरुद्ध जनता भड्काउने भारतीयको अर्को चाल

काठमाडौँ।  नेपालले जारी गरेको नयाँ नक्सालाई संसद्ले एक मतले मान्यता दिएपछि भारतका सञ्चार माध्यमहरू प्रधानमन्त्री केपी ओलीले नेपालको संसद् र आफ्नै देशका अरू नेताहरूलाई ढाँटेको आरोप लगाएका छन्।   नेपाली जनतालाई आफ्नै प्रधानमन्त्री बिरुद्द भड्काउने उद्देश्यले प्रसारित यस्ता समाचारहरूलाई हिन्दुदेखि बिबिसी हिन्दीले समेत प्राथमिकता दिएका छन्। 

भारतीय अखबार हिन्दुले स्रोतको हवाला दिँदै लेखेको छ कि नेपालका प्रधानमन्त्री ओलीले आफ्नो देशको संसद् र पार्टीका अन्य नेताहरूबाट भारतले वार्ता गर्न राखेको प्रस्ताव लुकाएका छन्।  सो अखबारले नेपालको संसद्ले निशाना छाप संशोधन गर्नु अघि नै भारतले वार्ताको लागि प्रस्ताव गरेको तर नेपालका प्रधानमन्त्रीले सो कुराको जानकारी कसैलाई नदिएको भन्दै आरोप लगाएका छन्। 

स्रोतलाई उद्धृत गर्दै, अखबारले लेखेको छ - सदनमा संशोधन प्रस्ताव राख्नु अघि भिडियो कन्फरेन्समार्फत छलफलको प्रस्ताव गरिएको थियो तर नेपाली प्रधानमन्त्री ओलीको यो एकतर्फी कदमले गाह्रो अवस्था सिर्जना गरेको छ। भविष्यका कुनै पनि वार्ताको नतिजा कस्तो हुने भन्ने देखिसकेको छ।

नयाँ नक्सामा, नेपालले आधिकारिक रूपमा लिपुलेक, कालापानी र लिम्पियाधुरालाई नेपाली क्षेत्रको रूपमा देखाएको छ। यसपछि भारतीय पक्ष बढी आक्रोशित बनेका छन्। अहिले प्रधानमन्त्री ओलीले सूचना लुकाएको कारणले झन् समस्या बढेको भन्ने ढङ्गले प्रचार गरिंदैछ। 

भारतीय सञ्चार माध्यमका अनुसार भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार वार्ताको माध्यमबाट मुद्दालाई सुल्झाउने भनेका थिए । जबकि नेपालका प्रधानमन्त्रीले आफ्नो तर्फबाट गरिएको पहलमा दिल्लीले स्पष्ट उत्तर नदिएको आरोप लगाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस