aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

चितवन राष्ट्रिय निकञ्जमा ११ महिनाभित्र २६ गैँडा मरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ असार २०७७
चितवन राष्ट्रिय निकञ्जमा ११ महिनाभित्र २६ गैँडा मरे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र यस क्षेत्रको राष्ट्रिय वन क्षेत्रमा जेठ मसान्तसम्ममा प्राकृतिक कारणबाट २६ गैँडा मरेका छन्। तीमध्ये २४ निकुञ्ज क्षेत्रमा र दुई वन क्षेत्रमा मरेका हुन्।

निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार एउटा हावाहुरीले ढलेको रुखले किचेर मरेको हो भने अन्य जुधेर, दलदलमा फसेर, बाघले आक्रमण गरेर, बूढो भएर, विद्युतीय करेन्ट लागेर मरेका हुन्। मर्नेमा धेरै बच्चा रहेको उनले जानकारी दिए। 

गत आर्थिक वर्षको यसै अवधिमा  निकुञ्ज क्षेत्र र राष्ट्रिय वन क्षेत्रमा गरी ४३ गैँडा मरेका थिए। प्राकृतिक कारणले गैँडा धेरै मरेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अध्ययन थालेको छ। पछिल्ला वर्षमा चोरी शिकारीका कारण गैँडा मर्न पाएका छैनन्।

प्रतिक्रिया दिनुहोस