
काठमाडौं । मुस्लिम समुदायको पवित्र पर्व इदउल फित्रमा सार्वजनिक विदा दिने सम्बन्धमा सरकारले मन्त्रिपरिषद्मा छलफल गर्ने भएको छ । मुस्लिम आयोगको ज्ञापनपत्र बुझदै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा छलफल गरी निर्णय गर्ने जानकारी दिएका हुन् ।
आयोगले बुझाएको ज्ञापनपत्रमा प्रधानमन्त्री ओलीले आगामि मन्त्रिपरिषदमा पेश गर्ने गरी तोक लगाई सकेका छन् । मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले आयोगको पहलमा मुस्लिमहरुको पवित्र पर्वमा सार्वजनिक विदा दिन प्रधानमन्त्री सकरात्मक रहेको बताए ।
उनले आयोगले मुस्लिमहरुको हक, हित र अधिकारकोलागि सधै पहलकदमी गर्ने पनि बताए । आयोगले सार्वजनिक विदा सम्बन्धमा गृह मन्त्री रामबहादुर थापालाईसमेत भेटेर ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया दिनुहोस