aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

थप ३८० जनामा कोरोना पुष्टि, संक्रमितको ६५९१ संख्या पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ असार २०७७
थप ३८० जनामा कोरोना पुष्टि, संक्रमितको ६५९१ संख्या पुग्यो

काठमाडौं । थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ३८० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । 

नयाँ थपिएका संक्रमित झापाका १ जना, पाँचथरका २ जना, सुनसरीका २ जना, सिरहाका २ जना, रौटहटका ३८ जना, महोत्तरीका १७ जना, पर्साका २ जना, गोरखाका १० जना, नवलपरासी पूर्वका ३ जना, बाग्लुङका १ जना, तनहुँका २ जना, कास्कीका ३ जना, स्याङ्जाका ४ जना, अछामका १ जना, बैतडीका २१ जना छन् ।

त्यस्तै डोटीका २० जना, कञ्चनपुरका ११ जना, कैलालीका २३ जना, बाँकेका १ जना, बर्दियाका ९ जना, सप्तरीका ३ जना, अर्घाखाँचीका ९ जना, रुपन्देहीका १ जना, दैलेखका ५ जना, सुर्खेतका ४ जना, धनुषाका २१ जना, रामेछापका १ जना, सल्यानका १ जना, दाङका ५६ जना, काठमाडौै १ जना, महोत्तरीका ७२ जना, मोरङका १ जना, रौटहटका १४ जना, रोल्पाका १ जना , रुपन्देहीका ३ जना र सर्लाहीका १६ जना रहेका छन् ।

योसंगै नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ६५९१ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस