
काठमाडौं । लकडाउन अगाडी करिब ७० हजार रुपैयाँ रहेको प्रतितोला सुन अहिले बढेर ९० हजार पुग्न लागेको छ । आम्दानी खस्किएका बेला बढेको सुनको मूल्यले बजारलाई कता लाने हो त्यो बताउन सक्ने अवस्थामा व्यापारी छैनन् ।बजार खुल्नु अगाडी एक दुई कल आएको भरमा बजारले थेग्नै नसक्ने गरी सुन बिक्रीमा नआएको सुन व्यवसायीहरूले बताएका छन् । काठमाडौंमा त बिक्रीका लागि सुन आएकै छैन,’ पाटन, भक्तपुर र बनेपामा भने सानो परिमाणमा सुन बिक्रीका लागि आउने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ सदस्य तेजरत्न शाक्यले भने ।
हामीले लकडाउनको यो अवधिमा सबैको आम्दानी सुकेकोले सुन बिक्रीमा आउँछ भन्ने सोचेका थियौं, तर जेठ २५ गतेदेखि महासंघले सुनको मूल्य तोकेको हो । अहिलेसम्म न किन्ने ग्राहक नै आएका छन् न बेच्ने ग्राहक आएका छन् ।’
बजार सुनसान छ । माग छैन । मूल्य आकाँसिएको छ । अहिले सुन बजार नेपालीको पहुँच बाहिर जस्तै भइसकेको छ । आम्दानी घटेका बेला कस्ले किन्छ यति मह्गो सुन ? शाक्यले प्रतिप्रश्न गरे । सुनको मूल्य बढेको देखेर अब व्यवसाय कै विकल्प खोज्ने बेला आएको हो जस्तो लाग्न थालेको शाक्यले बताए । क्रयशक्ति बढे न सुन किन्ने हो, आम्दानी नै नभएपछि सुन किन्न नसकिने सुझाए । ९० हजार तोला सुनको किन्न सक्ने हैसियतमा देखिदैन,’ उनले भने ।
एक दुई जना ग्राहकले बजार बन्द भएका बेला अहिले सुनको मूल्य कसरी छ, एक÷दुई तोला बिक्री गर्न पाए हुन्थ्यो भन्नु भएको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले बताए । ‘लकडाउनका कारण बन्द भएको बजार हिजोदेखि विस्तारै खोल्न थालिएको छ,’ उनले भने ‘सुरक्षा अपनाउँदै बजार साथीहरूले बजार खोल्न थाल्नु भएको छ । बजारमा आएको हल्ला जस्तो होइन, सुन न त बिक्रीमा आएको छ, न किन्नेको भिड नै छ । बजार चलायमान हुन सकेको नै छैन ।’
तोलामा १० हजार भन्सार महसुल
सरकारले गरेको पछिल्लो व्यवस्था अनुसार एक तोला सुनको लागि १० हजार रुपैयाँ त भन्सार महसुल नै तिर्नुपर्ने हुन्छ । सरकारले प्रतिदश ग्राम सुनको भन्सार महसुल २ हजार रुपैयाँले बढाएर ८ हजार ५ सय रुपैयाँ पुर्याएको छ । सो महसुलअनुसार प्रतितोला सुनमा ९ हजार ९ सय १५ रुपैयाँ तिर्नुपर्ने भएको छ । १० हजार भन्सार महसुल सरकारलाई बुझाउनु पर्ने हुन्छ,’ महासंघ वरिष्ठ सदस्य शाक्यले भने ।
अन्तर्राष्ट्रिय बजार मूल्यलाई हेर्दा अब प्रतिऔंस सुनको मूल्य १८ सय डलर पुग्ने देखिएको छ । यदि यस्तो हो भने ९३ हजार प्रतितोलाको पर्छ । मह्गो हुँदा बजार घट्छ, भने सस्तो हुँदा माग बढी हुन्छ,’ यो बजार ट्रेन नै हो । अब विस्तारै सुन नेपालीको पहुँच बाहिर बन्ने हो कि भन्ने डर व्यवसायीमा परेको छ ।
प्रतिक्रिया दिनुहोस