aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

काठमाडौंमा थप एक जनामा कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ असार २०७७
काठमाडौंमा थप एक जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौंमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंकी एक जना महिलामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन्।

संक्रमित महिलाको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको मन्त्रालयले जनाएको छ। योसंगै नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ६५९१ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस