
बुटवल । बुुटवल तानसेन सडक खण्डको सिद्दबाबामा भीरबाट जिप खस्दा ६ जना घाइते भएका छन् ।
प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलकाअनुसार प्रदेश ३ ०१ २२ च ४५२२ नम्बरको डबल क्याप जीप भीरबाट खस्दा ६ जना घाइते भएका हुन् । ६ जनालाई नै उपचारका लागि बुटवल ल्याइएको छ ।
घाइतेहरू सबै पाल्पा तिनाउ गाउँपालिकाका रहेकाे खुलेकाे छ । घाइते हुनेमा दया पाण्डे, शिव पाण्डे, नन्दु बस्याल, कृष्ण बस्याल, बालकृष्ण बस्याल र बिनोद बस्याल रहेको प्रहरीले जनाएको छ । जिप सिद्धबाबा मन्दिरदेखि ५० मिटर उत्तर सडकबाट तिनाउ खोलामा खसेको थियो ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस