aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

६.१ प्रतिशतले रेमिट्यान्स घट्यो, डलरमा आउने रेमिट्यान्समा ७.४ प्रतिशतले कमी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ असार २०७७
६.१ प्रतिशतले रेमिट्यान्स घट्यो, डलरमा आउने रेमिट्यान्समा ७.४ प्रतिशतले कमी

काठमाडौं । चालू आर्थिक वर्षको दश महिनासम्ममा  विप्रेषण(रेमिट्यान्स) आप्रवाहमा ६.१ प्रतिशतले कम आएको छ । मंगलबार नेपाल राष्ट्र बैंकले जारी गरेको दश महिनाको तथ्यांकमा ६८० अर्ब ८४ करोड रुपैयाँ रेमिट्यान्स आएको जनाएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.६ प्रतिशतले बढेको थियो । त्यस्तै अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.३ प्रतिशतले बढेको थियो । 

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २.७ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६.८ प्रतिशतले घटेको थियो । 

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.८ प्रतिशतले बढेको थियो । 
 दश महिनाको अवधिमा खुद ट्रान्सफर आयमा ६.५ प्रतिशतले कमी आई ७७२ अर्ब ५१ करोड रुपैयाँ कायम भएको छ ।  गत वर्षको सोही अवधिमा यस्तो आय १९.४ प्रतिशतले बढेको थियो ।
 

प्रतिक्रिया दिनुहोस