
लकडाउन खोल्दै फ्रान्सका राष्ट्रपतिले भने - हामी टाट पल्टियौँ
एजेन्सी। आइतबार कोभिड १९ महामारीको सम्बन्धमा एउटा संक्षिप्त टेलिभिजन सम्बोधनमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले सरकारले श्रमिक वर्गको सङ्कटको मूल्य बहन गर्न नसक्ने बताएका छन्। पुलिस हिंसाको विरुद्ध विश्वव्यापी प्रदर्शन भइरहेको बेला र फ्रान्समा नै "पहेँलो वस्त्र" आन्दोलन सुरु भएको दुई वर्ष पछि म्याक्रोनले जनताले राखेको मागलाई कुनै पनि छुट दिन इन्कार गरेका हुन् ।
म्याक्रोनले सरकारले महामारीको समयमा ५०० बिलियन युरो खर्च गरेको बताएका छन् । उनले भने, "हामीले भर्खर असाधारण परिस्थिति पार गर्यौँ। तर हामी पहिल्यै भारी ऋणको अवस्थामा छौँ ।" उनले ठुला बैंकहरूले राखेका खराब धितोहरूको संरक्षण गर्न र ठुला फ्रान्सेली निगमहरूलाई स्थिर पार्न विशाल ह्यान्डआउट्स प्रदान गरेर रोजगार र आर्थिक क्रियाकलाप जोगाउन खोजिएको बताए।
तर, सँगसँगै उनले भने, “विश्वव्यापी आर्थिक मन्दीका कारण फ्रान्सले ठुला टाट पल्टाई अनुभव गर्नेछ।" आधिकारिक पूर्वानुमानका अनुसार ८ लाख देखि १० लाख कामदारहरूले त्यहाँ आफ्नो जागिर गुमाउनेछन्। उनका अनुसार पेरिस वरपरको इले-डे-फ्रान्स क्षेत्रका ४० प्रतिशत साना र मझौला व्यवसायहरू आउने महिनाहरूमा टाट पल्टिने छन् । यस पटक युरोप र अन्य धेरै देशहरूमा एक वर्षमा लगभग १० प्रतिशतको आर्थिक मन्दी हुने अनुमान गरिएको छ जुन सन् १९३० यता देखिएको थिएन।
म्याक्रोनले जोड दिएर भने कि सरकारले रोजगारी र साना व्यवसायलाई जोगाउन पैसा तिर्ने कुरा कल्पना गर्न सकिँदैन। जबकि फ्रान्सेली र अन्य युरोपियन अधिकारीहरू शासक वर्गमा सार्वजनिक पैसा खर्च गर्दैछन्। "हामी कर बढाएर यो खर्चको व्यवस्थापन गर्ने छैनौँ," उनले भने।
म्याक्रोनले गरेको घोषणा फ्रान्स र युरोपको मात्र होइन विश्वभरका श्रमिक वर्ग अप्ठ्यारोमा परेका बेला वित्तीय कुलीन वर्गले गरेको श्रमिक विरुद्ध युद्धको घोषणा हो। यसले महामारीले सिर्जना गरेको अवसरलाई प्रयोग गर्दै सयौँ अर्व युरो आफ्नो बैङ्क खातामा हस्तान्तरण गर्यो। अमेरिका र युरोपेली केन्द्रीय बैंकहरूले अति धनीलाई खर्वौँ डलर प्रदान गरिरहेका छन् भने फ्रान्स र युरोपमा भोकमरी र दयनीयता बढ्दै गए पनि धनीहरूले भने राज्यबाट लाखौँ प्राप्त गरिरहेका छन्।
म्याक्रोनले जून २२ देखि डे-केयर सेन्टरहरू, स्कुल र विश्वविद्यालयहरू अनिवार्य रूपमा क्याफे र रेस्टुरेन्टहरू फेरि खोल्ने घोषणा गरे। उनले ठुलो जनसङ्ख्यालाई मृत्युबाट जोगाउन सफल भएकोले आफ्नो 'ब्यालेन्स सिट' मा देखिएको कमजोरीका कारण लाज नमान्ने समेत बताए। तर, त्यहाँका मानिसहरू भने म्याक्रोन र उनका युरोपियन समकक्षहरूले सदाका लागि अकाल मृत्युमा जनतालाई पुर्याएको आरोपको भारी बोकिरहनुपर्ने भन्दैछन्। उनीहरू जनतालाई मास्क प्रदान गर्न इन्कार गरेर, तुरुन्त सामूहिक परीक्षण र सामाजिक दुरीको व्यवस्था गर्न नसकेर, स्वास्थ्य प्रणालीलाई ठिक नराखेर र सीमित कामदारहरूलाई आवश्यक वित्तीय स्रोत प्रदान गर्न नसकेर मर्न बाध्य परेको कारण यी सरकारहरू नै विपत्तिको लागि जिम्मेवार रहेको आरोप लगाइरहेका छन् ।
हुनपनि तथ्यले जनताको आरोपलाई सही ठहर्याउछ । फ्रान्सको भन्दा २१ गुणा बढी जनसङ्ख्या भएको चीन जहाँ पहिलो पटक कोभिड १९ सुरु भयो त्यहाँ ४६३४ जनाको मृत्यु भएको थियो। फ्रान्समा भने २९४०० भन्दा बढीको मृत्यु भइसकेको छ । तर म्याक्रोनल भने उनलाई आफ्नो रेकर्डमा लाज मान्दैनन्। यसले श्रमिक वर्गलाई उनले हेर्ने हेराइको प्रमाणका रूपमा बुझ्नु पर्ने हुन्छ।
प्रतिक्रिया दिनुहोस