aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

यी चार जिल्लामा लकडाउन थप कडाइ गर्न गृह मन्त्रालयको निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ असार २०७७
यी चार जिल्लामा लकडाउन थप कडाइ गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले कोरोना भाइरस संक्रमणको उच्च जोखिममा परेका चार जिल्लालाई लकडाउन कडा बनाउन निर्देशन दिएको छ । मन्त्रालयले सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखलाई कोरोना ‘हटस्पट’का रुपमा राख्दै जोखिम कम नभएसम्म लकडाउनलाई कडाइका साथ लागू गर्न निर्देशन दिएको हो । 

गृह मन्त्रालयले यी चार जिल्लामा अत्यावश्यक सेवाबाहेक सार्वजनिक, निजी तथा गैरसरकारी संघसंस्थाबाट हुने काम कारबाही अर्को निर्णय नभएसम्मका लागि सुचारु नगर्न पनि निर्देशन दिएको छ । यी जिल्लामा कोरोना संक्रमणको जोखिम र खतरा मूल्यांकन गरेर लकडाउनलाई थप कडाइका साथ पालना गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ । 

उच्च जोखिममा रहेका चार जिल्ला बाहेक उपत्यकासहित ७३ जिल्लामा भने लकडाउन खुकुलो बनाउँदै सोमबारबाट सार्वजनिक, निजी र गैरसरकारी संघसंस्थाबाट सेवा सुरु भइसकेका छन् । कम जोखिम रहेका जिल्लामा निजी सवारी सञ्‍चालन गर्न जोरविजोर प्रणाली लागू गरिएको छ ।

प्रतिक्रिया दिनुहोस