aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

चार महिलासहित १२ जुवाडे पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ असार २०७७
चार महिलासहित १२ जुवाडे पक्राउ

काठमाडौं । प्रहरीले गोंगबु गणेशस्थानस्थित एक जुवाअखडाबाट १२ जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८ पुरुष र ४ महिला छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार साँझ छापामारी उनीहरुलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता राजकुमार केसीले जुवा अखडामा छापा मारी उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी बृत्त महाराजगंजमा राखिएको छ ।

जुवाखालबाट प्रहरीले २ लाख ७१ हजार रुपैयाँसमेत बरामद गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस