काठमाडौं । मालपोत कार्यालय डिल्लीबजारका ५ जना कर्मचारी पक्राउ परेका छन् । अख्यियारी अनुसन्धान आयोगले ८ लाख २० हजार रुपैयाँ घुस लिँदा लिँदै ५ जना पक्राउ गरेको हो । आयोगको टोलीले मालपोत कार्यालयका प्रशासकीय अधिकृत रघु कँडेलसहित मंगलबार राति पक्राउ गरेको जनाएको छ ।
काठमाडौं गोंगबुको ३ रोपनी जग्गाको कित्ताकाट गर्ने क्रममा सेवाग्राहीसँग प्रतिआना २ लाखका दरले घुस मागेको बताइएको छ । घुससहित पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस