aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

लद्दाखमा ज्यान गुमाउने भारतीय सेनाको संख्या २० पुग्यो, संख्या अझै बढ्न सक्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ असार २०७७
लद्दाखमा ज्यान गुमाउने भारतीय सेनाको संख्या २० पुग्यो, संख्या अझै बढ्न सक्ने

एजेन्सी । भारत र चीनको सीमामा भएको झडपमा भारतीय सेनाका कमान्डिङ अफिसर समेत २० जना भारतीय सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

लद्दाखको १४ हजार फिट उचाइँमा रहेको गालवन भ्यालीमा यो झडप भएको हो । यो क्षेत्रमा पछिल्लो ४१ दिनदेखि तनाव रहेको छ । तनावलाई कम गर्नका लागि छलफल भइरहँदा १५ जुन साँझदेखि थप तनाव सिर्जना भएको थियो । 

त्यसपछि भएको झडपमा भारतीय सेनाका कर्णेलसहित २० जना सैनिकको मृत्यु भएको छ । ज्यान गुमाउनेमा १६ बिहार रेजिमेन्टका कमान्डिङ अफिसर कर्णेल सन्तोष बाबू, हवलदार पालानी र सिपाही कुन्दन झा सामेल छन् ।

अन्यको नाम सार्वजनिक गरेको छैन । चीन तर्फ पनि ४३ सैनिक मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  चीनियाँ पक्षले भने हताहतबारे पुष्टि गरेकाे छैन । स्रोतः दैनिक भास्कर

प्रतिक्रिया दिनुहोस