aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

भारतमा कोरोनाबाट एकै दिन दुई हजार बढिको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ असार २०७७
भारतमा कोरोनाबाट एकै दिन दुई हजार बढिको मृत्यु

भारत । भारतमा कोरोना भाइरसका कारण एकै दिन दुई हजार बढिले ज्यान गुमाएका छन् । वल्डो मिटर डट इन्फोका अनुसार कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा दुई हजार ६ जनाको मृत्यु भएसंगै मृतकको संख्या ११ हजार ९ सय २१ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ११ हजार १३५ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरसबाट संक्रमण हुने मानिसको संख्या ३ लाख ५४ हजार १६१ पुगेको हो । भारतमा संक्रमितमध्ये १ लाख ८७ हजार ५५२ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस