aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ असार २०७७
पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । इच्छाकामना गाउँपालिका–६ स्थित काली खोलामा आज बिहान पहिरो गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

अहिले पहिरो पन्छाउने काम जारी रहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए। उनका अनुसार पहिरो रोक्न लगाइएको ड्याम खसेर सडक अवरुद्ध भएको हो।

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड हुँदै चल्ने सवारी साधन रोकिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस