
काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । बाँकेको बैजनाथ गाँउपालिका ६ कि ४६ वर्षिय महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।
अस्पतालका एक चिकित्सकका अनुसार नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा गत जेठ ३० गते अस्पताल भर्ना भएर आइसीयुमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएकी ती महिलाको मंगलबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आएको हो । उनी निमोनियाले पीडित थिइन् ।
संक्रमित महिलाको आईसियुमा राखेर उपचार गरिएकोले आईसियुलाई सिल गरिएको छ भने महिलाको उपचारमा संलग्न सबै स्वास्थ्यकर्मिलाई क्वारेन्टाइनमा राखिएको अस्पताल प्रशासनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस