aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

यी शक्तिशाली देशहरुसँग कति छन् आणविक हतियार(तथ्यांक सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ असार २०७७
यी शक्तिशाली देशहरुसँग कति छन् आणविक हतियार(तथ्यांक सहित)

एजेन्सी । एसियाका महशक्ति देशहरु चीन र भारतबीचमा चलिरहेको द्धन्द्धका कारण युद्धको संकेत गरिहेको छ  चीनको साथ भारतसँग पाकिस्तानको सिमानामा निरन्तर तनाव भइरहेको छ ।  यसैबीच एक प्रतिवेदनले भारत, पाकिस्तान र चीनलगायत धेरै देशहरूको आणविक हतियार भण्डार सम्बन्धी विवरणहरु बाहिर आएको  छ । 

आर्म्स वाचडग स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्यूट (सिप्रि) द्वारा सन २०२० मा जारी रिपोर्टका अनुसार चीनले द्रुत गतिमा आणविक हतियार निर्माण गर्दैछ साथमा भारत र पाकिस्तानले गत एक बर्षमा आणविक हतियारको संख्या पनि बढाएका छन् । 

भारतको आणविक हतियार चीन र पाकिस्तान दुबै भन्दा कम रहेको रिपोर्टमा उल्लेख गरेको  छ ।  भारतसँग चीनको आधाभन्दा कम आणविक हतियारहरू छन्। सिप्रिको प्रतिवेदनका अनुसार भारतसँग १५० आणविक हतियार छन् । पाकिस्तानसँग १६० र चीनसँग ३२० आणविक हतियार छन् । गत एक वर्षमा चीनले ३० आणविक हतियार वृद्धि गरेको छ ।

सिप्रिको वार्षिक समिक्षा २०२० को प्रक्षेपणका अनुसार चीनले आणविक अशस्त्रलाई ’उल्लेखनीय आधुनिकीकरण’ गरिरहेको भनिएको छ ।  पहिलो पटक ’ आणविक परीक्षण’ विकास गरिरहेको छ । भारत र पाकिस्तानले पनि बिस्तारै आफ्नो आणविक शक्तिको आकार र विविधतालाई बढाइरहेका छन् । 

अर्कोतर्फ अमेरिका र रसियासँग ९० प्रतिशत आणविक हतियार छन् अन्य हतियार थोरै कम भएका छन् । अमेरिका, रसिया, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान, इजरायल, उत्तर कोरियासँग कुल १३,४०० आणविक हतियार छन् । गत वर्ष आणविक हतियारहरूको संख्या १३,८६५ थियो।

जनवरी २०२० सम्म नौ आणविक हतियारले सम्पन्न देशहरूमा संयुक्त राज्य अमेरिका, रसिया, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरिया पर्छन् । तिनीहरूसँग १३,४०० आणविक हतियारहरू छ भन्ने अनुमान गरिएको छ ।

स्टकहोल्मको अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्थान सिप्र्रीको पछिल्लो रिपोर्ट अनुसार रसिया अझै पनि आणविक हतियार सम्पन्न देशहरूको सूचीमा अव्वल मानिन्छ । रसियासँग  ६३७५ आणविक बम छन । 

सबैभन्दा बढी आणविक बम भएको देशको सूचीमा अमेरिका दोस्रो स्थानमा छ । अमेरिकासँग ५,८०० आणविक बम छन । यसपछि चीन र फ्रान्ससँग आणविक बम बढी रहेको छ । चीनसँग ३२० र फ्रान्ससँग २९० आणविक हतियारहरू रहेको अनुमान गरिएको छ । 

यस बाहेक, जहाँ बेलायतसँग २१५आणविक बम छन । पाकिस्तानसँग १६० छ, भारतसँग १५० आणविक बम छ । इजरायलमा ९० र उत्तर कोरियामा ९० देखि ४० आणविक बम रहेको छन । चीनले आफ्नो आणविक हतियार भण्डारलाई द्रुत रूपमा आधुनिकीकरण गर्दै गरेको उक्त रिपोर्टमा उल्लेख गरेको  छ । 

प्रतिक्रिया दिनुहोस