aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

यस्तो छ आजको मौसम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ असार २०७७
यस्तो छ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुन पूर्णरुपमा सक्रिय हुन अझै एक दुई दिन लाग्ने भएको छ । गएको शुक्रबार पूर्वी क्षेत्रबाट नेपाल भित्रिएको मनसुन अहिले सुदूरपश्चिमतर्फ सर्ने क्रममा रहेको छ । 

देशभर मौसम सामान्य बदलीको अवस्थामा छ । काठमाडौं उपत्यकासहित केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । अहिले मध्य र पूर्वमा मौसम बदली भएको छ । त्यस्तै ५ नम्बर प्रदेश, कर्णाली र सुदूरपश्चिममा सामान्य बदलीको अवस्था छ । आज दिउँसोपख प्रदेश नम्बर १, २, बाग्मती, गण्डकी र प्रदेश नम्बर ५ का धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । 

कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी र मध्य क्षेत्रमा मनसुनी वायु तथा पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविद्ले जनाएका छन् । 

यस्तै आज राति सुदूरपश्चिम, कर्णाली र प्रदेश प्रदेश नम्बर ५ का केही ठाउँमा सामान्य बदली रहनेछ भने बाँकी प्रदेशहरूमा पूर्ण बदली हुनेछ । 

प्रतिक्रिया दिनुहोस