aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

‘डर लाग्यो हजुर’ कोठमा चुक्कुल छैन भनेर फोन आउँछ क्वारेन्टाइनबाटः सांसद विमला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ असार २०७७
‘डर लाग्यो हजुर’ कोठमा चुक्कुल छैन भनेर फोन आउँछ क्वारेन्टाइनबाटः सांसद विमला

काठमडौं । राष्ट्रियसभाकी सांसद विमला राई (पौडेल)ले क्वारेन्टाइनको अवस्था दर्दनाक रहेको बताएको छ । बुधबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले क्वारेन्टाइन अवस्था दर्दनाक भएको बताएको हो ।

उनले भने ‘सुरक्षाको स्थिति त कस्तो छ भने काठमाडौंमा महिला अधिकारकर्मीलाई डर लाग्यो हजुर, कोठमा चुक्कुल छैन भन्ने खालका फोनहरू पनि आउन थालेका छन्,  यो भन्दा दर्दनाक अवस्थाहरु के हुन्छ ?’

स्थानीयत तहमा भएका क्वारेन्टाइनहरू हेर्दा असाध्यै दुख लागेको पनि उनले बताए । उनले भने, ‘हामी जनताको घरदैलोमा राम्रोसँग सेवा पुगोस भनेर हामी संघियतामा गएका हौँ, स्थानीयत तहमा भएका क्वारेन्टाइनहरु हेर्दा असाध्यै दुख लाग्दो छ । महिला, बालबालिका तथा वृद्ध–वृद्धालाई असाध्यै गाह्रो भएको हामीले महशुस गरका छौँ ।’

प्रतिक्रिया दिनुहोस