aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

चीन भन्छ- भारतीय सैनिकले नै प्रोटोकल तोडे, हामी जिम्मेवार छैनौं

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ असार २०७७
चीन भन्छ- भारतीय सैनिकले नै प्रोटोकल तोडे, हामी जिम्मेवार छैनौं

बेइजिङ । चीनले गलवान भ्यालीमा भएको हिंसात्मक झडपमा आफू जिम्मवार नभएको बताएको छ । चीनले सीमामा भारतसँग फेरि झडप होस् भन्ने नचाहेको बताएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियानले बुधबार भने, "गलवान भ्यालीमा भएको तनावमा सही र गलत स्पष्ट देखिन्छ । यो घटना एलएसीको चीनको क्षेत्रभित्र भएको छ । यसका लागि चीनलाई जिम्मावार मान्‍न सकिँदैन ।" 

‘उक्त झडपमा सही र गलत बारे सबै प्रस्ट छ। त्यो घटना चिनियाँ क्षेत्रमा रहेको लाइन अफ एकच्युल कन्ट्रोलमा भएको हो। त्यसमा चीनलाई आरोप लगाउन पाइदैन।’

उनले भारतलाई आफ्नो सेनालाई सीमा क्षेत्रमा निर्धारित क्षेत्रमा राख्न आग्रह समेत गरेका छन्। चिनियाँ विदेश मन्त्रालयका अनुसार भारतीय सेना गालवन क्षेत्रको चिनियाँ भूमिमा प्रवेश गरेपछि दुवै पक्षबीच झडप भएको थियो।

गालवन क्षेत्रमा चीनकै भूमी रहेको भन्दै लिजियनले जुन ६ मा दुवै पक्षबीच सहमतिमा सीमा विवाद समाधान गर्ने भनिएकोमा भारतीय सेनाले त्यसको उल्लंघन गर्दै चिनियाँ भूमीमा प्रवेश गर्दै गैरकानूनी गतिविधि गरेको बताएका हुन्। उनले चिनियाँ भूमीमा प्रवेश गरेका भारतीय सैनिकहरुले आफ्नो सैनिकहरुमाथि आक्रमण गरेपछि दुवै देशका सैनिकहरुबीच झडप भएको बताएका हुन्।

गलवान क्षेत्रमा सोमबार राति दुवै देशका सेनाबीच हिंस्रक झडप भएको थियो। उक्त झडपमा भारतबाट २० जना सैनिकको मृत्यु भएको थियो। भारतीय सेनाले उक्त फेसअफ मा चीनको तर्फबाट समेत सैनिकको मृत्यु भएको दाबी गरेको थियो। तर चीनले उक्‍त दाबी पुष्टि गरेको छैन। 
 

प्रतिक्रिया दिनुहोस