aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

आइओएममा पहिलो महिला डिन, मृर्गौला प्रत्यारोपणमा महत्वपूर्ण योगदान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ असार २०७७
आइओएममा पहिलो महिला डिन, मृर्गौला प्रत्यारोपणमा महत्वपूर्ण योगदान

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान (आइओएम) को डिनमा प्रा डा दिव्यासिंह शाह नियुक्त भएकी छिन । त्रिवि कार्यकारी परिषद्को बैठकले सिफारिस भएका तीन  जनामध्ये डा शाहलाई डिनमा नियुक्ति गरेको हो । 

 ५५ वर्षिय डा. शाह २४ वर्षदेखि शिक्षण अस्पतालमा कार्यरत छिन्। आइओएममा उनी डिन नियुक्त हुने पहिलो महिला हुन्। नेपालमा मिर्गौला प्रत्यारोपण शुरू गराउनमा डा.सिंहको भूमिका महत्वपूर्ण थियो। 

सर्च कमिटीमा प्रा. डा. सुवास आचार्य र प्रा. डा. जीवन शेरचन सदस्य थिए। त्रिविको प्रावधानअनुसार सह-प्रध्यापक र प्राध्यापकमध्येबाट डिन बनाउने व्यवस्था रहेको  छ । 

यसअघि उनी प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकका रुपमा कार्यरत रहकी थिइन । डा शाहले बिहीबारदेखि कार्यभार सम्हाल्ने जनाइएको छ ।  यसअघिका डिन प्रा डा जगदीशप्रसाद अग्रवालले उमेरहदका कारण जेठ २१ मा अवकाश पाएपछि उक्त पद रिक्त थियो ।

प्रतिक्रिया दिनुहोस