
कोरोना भाइरस, कोभिड–१९ महामारी हाम्रो समयको विश्वव्यापी स्वास्थ्य संकट र आजको विश्वको सबैभन्दा ठूलो चुनौती हो । सम्पूर्ण विश्व लकडाउनको गम्भिर अवस्थाको सामना गर्दैछ । तथापि केही क्षेत्रहरूले यो प्रतिकूल समयमा समेत आफ्नो सेवालाई सञ्चालनमा राखिरहे, जसमध्ये एक हो, बीमा क्षेत्र ।
यसरी बीमा सेवालाई निरन्तरता दिइराख्ने बीमा कम्पनी मध्ये एक मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रवन्धक, निर्मलकाजी श्रेष्ठलाई आर्थिकन्यूज डटकमले समसामयिक अवस्था र मेटलाइफले पुर्याएको सेवाबारे जवाफमा उनले स्पष्ट भाषामा महत्वपूर्ण जानकारीका साथै र सम्पूर्ण बीमा क्षेत्रको वर्तमान स्थितिबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन्ः
लकडाउनको अवधिमा बीमा कम्पनीहरूले आफ्ना दैनिक गतिविधिहरू कसरी व्यवस्थापन गरिरहेका छन् ?
यो लकडाउनको अवधिमा सबै कम्पनीहरूले विपद् कार्यालय सञ्चालनको लागि ठूलो प्रशिक्षण आवश्यक रहेको अनुभव गरेका छन् । सबै कम्पनीहरूले आफ्नो कामको निरन्तरताका लागि सक्दो प्रयास गरिरहेका छन् । यो सबैका लागि नयाँ आयामहरूको अन्वेषण गर्ने अवसर भएको छ । मेटलाइफको आधारभूत दर्शन आफ्ना ग्राहकहरू, हाम्रा कर्मचारी र हाम्रो समुदायहरूलाई पूर्ण रूपमा रक्षा गर्नु हो । त्यसैले हामीले यस चुनौतीपूर्ण समयमा पनि डिजिटल माध्यमबाट हाम्रा ग्राहकहरूलाई शत प्रतिशत सेवा जारी राख्यौँ ।
हामीले हाम्रा ग्राहकहरूलाई सजिलो बनाउन धेरै सक्रिय कदमहरू चालेका छौँ । हामीले अनलाइन प्रिमियम भुक्तानीको सुविधामा थप सुधार गरेका छौँ । ग्राहकहरूले भुक्तानी च्यानलहरू ई–सेवा र फोनपे मार्फत उनीहरूको प्रिमियम भुक्तान गर्न सक्दछन् । हामीले यस अवधिमा प्रिमियममा ढिला हुँदा शुल्क लिइरहेका छैनौँ । हामी लगातार एफएम रेडियो, फेसबुक, र हाम्रा सबै ग्राहकहरू र साझेदारहरूलाई इमेल मार्फत आवश्यक स्वास्थ्य जानकारी प्रदान गर्दैछौं । समग्रमा, म हाम्रा कर्मचारीको त्यो प्रयासहरूप्रति गर्व गर्दछु जसले ग्राहकहरूको सेवामा यो बेला पनि कार्य सम्पादन गरिरहे ।
जीवन बीमा कम्पनीको कुन क्षेत्र वा कार्यहरूलाई लकडाउनले सबैभन्दा बढी असर गर्यो ?
हामी यस्तो संकटको लागि राम्ररी तयार बन्यौं । त्यसैले हाम्रा सबै टोलीहरू लकडाउनको पहिलो दिन देखि नै घरबाट काम गर्न सक्षम भए ।
यसले हामीलाई हाम्रा प्रमुख सेवाहरू जस्तै दाबी भुक्तानी, परिपक्वताको भुक्तानी, अनलाइन माध्यमबाट प्रिमियम संकलन आदि निर्वाध रूपमा जारी राख्न सक्षम बनायो । हाम्रा एजेन्टहरू टेलिफोन र अन्य डिजिटल विधिहरू मार्फत ग्राहकहरूसँग लगातार सम्पर्कमा रहे । हामी गर्व गर्दछौँ कि मेटलाइफका ग्राहकहरूले यी कठिन दिनहरूमा पनि हाम्रो सेवाको सराहना गरे ।
के कोभिड–१९ जीवन बीमा पोलिसी संक्रमणको कारण हुने क्षति कभर गर्ने स्तरमा छ ?
मेटलाइफद्वारा सबै जीवन बीमा र स्वास्थ्य बीमा पालिसहरूमा दुर्घटना र काेराेनाभाइरस (कोभिड–१९)का जाखिम बहन गरेका छ । हाम्रा पोलिसीमा उल्लेख भएका सर्तहरूको अधिनमा रहेर यस्तो भुक्तानी गरिने छ । प्रिमियम भुक्तानको लागि विभिन्न डिजिटल माध्यम प्रयोग भइरहेको छ । यी सेवाहरू कत्तिको सजिलो र विश्वासयोग्य छन् ? डिजिटल भुक्तानी सजिलो र सुविधाजनक भुक्तानी विधि हो । यसमा शंका गर्नुपर्ने छैन । सुरक्षाको विषय जहिले पनि एक मुद्दा हो, तर सही सुरक्षा उपायहरू र नियमित अनुगमनले राम्रो वातावरण सिर्जना गर्दछ । जहाँ ग्राहकहरू विश्वासको साथ डिजिटल भुक्तानी प्रयोग गर्न सक्दछन् ।
गत वर्ष हाम्रा ग्राहकहरूलाई अनलाइन भुक्तानी सेवाको अवसर प्रदान गर्ने पहिलो जीवन बीमा कम्पनीमध्य एक थियौं । ग्लोबल आईटी सहित हाम्रो टोलीले सुरक्षाको पक्षमा विशेष प्राविधिक अध्ययन गरेको थियो । उनीहरूको स्वीकृत पछि मात्र हामीले भुक्तानी प्रणाली ल्याएका हौँ । त्यसैले हाम्रा ग्राहकहरूले उनीहरूको प्रिमियम भुक्तानी सुरक्षित रूपमा यी पोर्टलहरू मार्फत गर्न सक्दछन् । हाल ई–सेवा वा फोनपे मार्फत अनलाइन भुक्तानी गर्न सकिन्छ । हामी भुक्तानी साझेदारहरूको संऋया बढाउने काम गर्दैछौं ।
टेक्नोलोजीको विकास नेपालमा बढ्दो भए पनि यो मुख्यतया प्रमुख सहरहरूमा सीमित छ । इन्टरनेटको पहुँच देशको ग्रामीण भागहरूमा वृद्धि भइरहेको छ । मेटलाइफ जस्ता बीमा कम्पनीहरूले यसको पोलिसी बिक्री गर्न र अनलाइन भुक्तानी लिन आफ्ना सेवालाई डिजिटलमा लाने गरी ध्यान केन्द्रित गरिरहेको छ । यी प्रकारका सेवाहरू सबै बीमा सेवाहरूमा तब मात्र लागू गर्न सकिन्छ जब इन्टरनेटको पहुँच बढाउन सकिन्छ ।
महामारीले बीमा बजारका लागि केही अवसरहरू ल्याएको छ, के नेपाली बीमा कम्पनीहरूले यी अवसरबाट फाइदा लिन सक्छन ?
हाल विश्वमा देखापरेका महामारीसँगै हाम्रा सामुन्ने खडा भएका चुनौतीहरू धेरै छन् । हामीले बिशेष रणनीतिहरू अपनाउँदै ती चुनौतीहरूलाई पार गर्न सक्ने गरी सक्षम हुनुपर्दछ । यो हाम्रो लागि महत्वपूर्ण छ कि हामीले चुनौती र कठिनाइको समयमा पनि हाम्रा ग्राहकहरूको सुरक्षा गर्नुपर्छ । महामारी व्यापार गर्ने समय होइन । यो हामी हाम्रा ग्राहकहरूको आवश्यकता सुनिश्चित गर्नका लागि र हामी तिनीहरूलाई सकेसम्म धेरै सुविधा दिन आतुर छौँ भन्ने बेला हो ।
हाम्रो उद्देश्य आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्ने हो । यस उद्देश्यका लागि सचेतना महत्वपूर्ण हुन्छ । कम्पनीहरूले बीमा सम्बन्धी जागरूकता बढाउन हाम्रा नियामक निकायहरूसँग हात मिलाउनु पर्छ । कम्पनीहरूले उनीहरूका उत्पादनहरूबाट सम्भावित प्रतिफलको अपेक्षा गर्नुको सट्टा अप्रत्याशित घटनाहरूको विरुद्ध उचित कभरेज प्रदान गर्न बढी ध्यान केन्द्रित गर्न आवश्यक छ ।
विदेशी र स्थानीय बीमा कम्पनीको काममा के भिन्नता छ ?
मलाई लाग्दैन कि यी दुईको तुलना गर्नु उपयुक्त हुन्छ । सबै कम्पनीहरूले नेपालमा राम्रो काम गरिरहेका छन् । सबै प्रतिस्पर्धी छन् फरक केवल प्रत्येक कम्पनीको आफ्नै नीतिहरू, प्राथमिकताहरू र रणनीतिहरू हुन्छन् ।
विगत १८ वर्षदेखि म अन्तर्राष्ट्रिय बीमा कम्पनीमा काम गर्दैछु । मेरो अनुभव म मेटलाईफसँग बाँड्न सक्छु । हाल ४० भन्दा बढी देशहरूमा सञ्चालनमा रहेको १५२ वर्ष पुरानो कम्पनीको रूपमा मेटलाइफले नेपालको परिपक्व बन्ने क्रममा रहेको विकासशील बीमा बजारहरूमा वैश्विक विशेषज्ञताको महत्वपूर्ण मात्रा ल्याउँछ ।
नेपालमा एक मात्र वैश्विक जीवन बीमाकर्ताको रूपमा हामी विभिन्न च्यानलहरू मार्फत जीवन, दुर्घटना, स्वास्थ्य, ऋण र सामूहिक बीमा (कर्मचारी बेनिफिटहरू) जस्ता उत्पादनहरूको शृंखला प्रदान गरिरहेका छौँ ।
हाम्रो विश्वव्यापी विशेषज्ञता र नवप्रवर्तनको लामो इतिहास र ग्राहक फोकसको कारणले हामी सधैँ नेपालको बीमा बजारमा अग्रणी स्थानमा छौँ । नयाँ सुरक्षा समाधानहरू जस्तै क्रिटिकल बिरामी, माइक्रो बीमा, सार्वभौमिक जीवन, लाइफ केयर (महिला केन्द्रित पोलेसी), कर्मचारी बेनिफिटहरू छन् ।
हामीसँग ठूलो बीमा शिक्षा कार्यक्रम र नेतृत्व विकासको कार्यक्रमहरू छन् । साथै, हामीसँग एक प्रशिक्षण विभाग छ जुन हाम्रो एजेन्सी, बिक्रेता र व्यवस्थापकहरूको लागि विभिन्न चरणहरूमा उनीहरूको सीपहरू निर्माण गर्न प्रशिक्षण कार्यक्रम डिजाइन गर्दछ ।
मेटलाइफ नेपालले नेपालमा बीमा सम्बन्धी जागरूकतामा ठूलो भूमिका खेल्दै आएको छ । के मेटलाइफ नेपालले कुनै नयाँ पोलिसी सुरु गरिरहेको छ ? यदि हो भने, कस्तो प्रकारको पोलिसी हो त्यो ?
हामी जे गर्छौँ, हामी ग्राहकहरूलाई केन्द्रमा राखेर गर्छौँ । हामी मानिसहरूलाई निरन्तर यो कुरा बुझाउने प्रयास गरिरहन्छौँ कि बीमा एक लगानी उपकरण मात्र होइन । यसले सुरक्षाको प्रत्याभूति पनि दिन्छ । जसले उनीहरूको सम्पत्तिलाई बचाउन पनि मद्दत गर्दछ ।
ग्राहकको आवश्यकतालाई सम्बोधन गर्न मेटलाइफले गत वर्ष लाइफ केयर सुरु ग¥यो । लाइफ केयर एक यस्तो आवधिक बीमा पोलिसि हो जसले जीवनको क्षति, अप्रत्याशित घटनाहरू र गम्भीर रोगहरूको निदानको विरुद्ध व्यापक आर्थिक सुरक्षा प्रदान गर्दछ । नेपालमा पहिलो पटक बीमा योजनाका रूपमा विशेष गरी महिलाहरूको लागि डिजाइन गरिएको प्याकेज हामीले ल्याएका छौँ ।
प्रतिक्रिया दिनुहोस