aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

बाह्र अर्ब लगानीमा काठमाडौं महानगरपालिकाले मेगा हल बनाउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ असार २०७७
बाह्र अर्ब लगानीमा काठमाडौं महानगरपालिकाले मेगा हल बनाउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटी मण्डपमा तीन हजार जना अटाउने मेगा हल निर्माण गर्ने भएको छ । दुई सय १२ रोपनी क्षेत्रफलभित्र बन्ने अत्याधुनिक मेगा हल पाँच तले हुनेछ । यो महानगरपालिकाको महत्वपूर्ण परियोजना हुने बताइएको छ।

काठमाडौँ महानगरपालिकाका अनुसार सहरी योजना आयोगले मेगाहलको प्रस्तावित डिजाइन तयार पारिसकेको छ । महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको सो हल निर्माण नयाँ आर्थिक वर्षमा निर्माण आरम्भ हुनेछ । महानगरका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले २१२ रोपनी क्षेत्रफलमा करिब ६० प्रतिशतमा हरियाली बगैँचा रहने छ भने ४० प्रतिशत स्थानमा पाँचतले मेगा हल निर्माण हुनेछ ।

उनका अनुसार भवनका दुई तलामा एक हजार कार अटाउने पार्किङ हुनेछ भने दुई सय जना अटाउने छ ओटा मिटिङ हल, ४५० जना अटाउने तीन ओटा कन्फ्रेन्स हल र तीन हजार जना अटाउने अडिटोरियम हल समेत बन्नेछ । सो परियोजनाको लागत १२ अर्ब रुपियाँ रहने छ । 

१२ अर्ब रुपियाँको लगानीमा निर्माण गरिने मेगा हलमा ग्रिन रुम, फुडकोड, सार्वजनिक सौचालय, रेस्टुरेन्ट, सभाहल, प्रदर्शनी हललगायत रहने छन् । समाज कल्याण परिषद्को मातहतमा रहेको भृकुटी मण्डपको जग्गालाई महानगरपालिकाको मातहतमा ल्याएर मेगा हल निर्माण गर्ने महानगरको योजना छ । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस