aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

रोपाईं हुनुअघि नै धानको मूल्य तोकियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ असार २०७७
रोपाईं हुनुअघि नै धानको मूल्य तोकियो

काठमाडौं । सरकारले रोपाईं हुनुअघि नै यस वर्ष धानको समर्थन मूल्य तोकेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पहिलोपटक रोपाईं सुरु हुनुभन्दा पहिले नै धानको समर्थन मूल्य तोकेको हो । 

मन्त्रालयका अनुसार मध्यम धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ८ सय ८५ रुपैयाँ र मोटा धानको समर्थन मूल्य दुई हजार ७ सय ३५ रुपैयाँ निर्धारण गरिएको छ । 

पहिलोपटक रोपाईं हुनुभन्दा पहिले नै धानको समर्थन मूल्य तोकेपछि किसानका लागि बचत सुनिश्चित भएको मन्त्रालयले दावी गरेको छ । किसानले व्यवसायीलाई बिक्री गर्न नसके सरकारी कम्पनीले खरिद गर्ने मन्त्रालयले जनाएको छ । 

आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा समेत समर्थन मूल्य तोकिएको बालीको बजारको ग्यारेन्टी गर्ने उल्लेख छ । उत्पादन गरेको बाली बिक्री नभए सरकारले खरिद गर्ने सुनिश्चित भएपछि किसानले ढुक्कका साथ उत्पादनका लागि लगानी गर्ने र त्यसले कृषि उपज उत्पादनमा समेत वृद्धि हुने मन्त्रालयको दावी छ ।

प्रतिक्रिया दिनुहोस