aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

सरकारको कामप्रति प्रशंसा छैन, जहिले १० अर्बको मात्र कुरा गर्नेः प्रधानमन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ असार २०७७
सरकारको कामप्रति प्रशंसा छैन, जहिले १० अर्बको मात्र कुरा गर्नेः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को नियन्त्रण तथा रोकथाममा खर्च भएको १० अर्ब कहाँ गयो भनेर उछालिएको भन्दै उनले असन्तुष्टि जनाएका छन् । राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको न्युनीकरणका लागि सरकारले गरेको कामप्रति कुनै प्रशंसा नगर्ने जहिले १० अर्बको मात्र कुरा गर्ने गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् । 

खर्चको महालेखा र आन्तरिक लेखा परीक्षणले हेर्ने भन्दै उनले भने, “जनप्रतिनिधि काममा लागेका छन्, त्यता ध्यान छैन । कामप्रतिको प्रशंसा छैन । तर, दैनिक हिसाब किताब चाहिएको छ  । खोइ पैसा ? भनिएको छ,” प्रधानमन्त्रीको भनाइ थियो, “१० अर्बको हिसाब एक एक गरी महालेखामा हुन्छ  । हरेक व्यक्तिले हेर्न सक्छ । म बाहेक सबै भ्रष्ट छन् भन्ने ठान्न भएन । यो देशमा भ्रष्टबाहेक कोही जन्मिदैन भन्न भएन । सरकारमा बसेकालाई जसरी पनि बदनाम र चरित्रहत्या गर्ने नियत पनि राख्नुभएन ।”

स्थानीय तहहरुले क्वारेन्टिन बनाएको, त्यहाँ बसेकाहरुलाई खुवाएको उनले बताए । स्थानीय जनप्रतिनिधिहरुको गुन मान्नुको साटो अपमान गर्न नहुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस