aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७८४८ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ असार २०७७
थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७८४८ पुग्यो

काठमाडौं । थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालया प्रवक्ता डा. जागेश्वर गौतमले थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । कोरोना संक्रमितको हालसम्मकै यो उच्च संख्या हो ।

नयाँ संक्रमित हुनेहरुमा झापाका २, मोरङका ३, अछामका ४४, बैतडीका २५, बाजुराका ४१, भक्तपुरका ३, डडेलधुराका ८४, कैलालीका ४२, कपिलवस्तुका १७, काठमाडौँका २, नुवाकोटका २, रौतहटका ३४, रुपन्देहीका १२, सर्लाहीका २, सिन्धुपाल्चोका १, ललितपुर १, नवलपरासी १, महोत्तरीका १, सिन्धुलीका १, पर्वतका ९, चितवनका १, नवलपरासी पूर्वका १, धनुषाका २९, बागलुङका १, मनाङका १, नवलपरासी ३०, स्याङ्जाका ९, तनहुँका १५, गोरखाका ११, गुल्मीका ३, पाल्पाका ६, रोल्पाका १, नवलपरासी १, अर्घाखाँचीका ९७, बाँकेका ३, बर्दियाका ३, दैलेखका ८७, दाङका ४, सुर्खेत ३४, बझाङका २, कञ्चनपुरका २ र डोटीका ५ जना रहेका छन् । 

योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या ७८४८ पुगेको छ भने एक हजार १८६ जना निको भएर घर फर्किसकेका छन् । 

प्रतिक्रिया दिनुहोस