काठमाडौं । नेपालमा गत २४ घण्टामा थप ६ सय ७१ जना कोरोना संक्रमण देखिएको छ । आज थप हुनेमा ९० जना महिला र अन्य बाँकी पुरुष रहेका छन् । यसैगरि, कैलालीका ४६ एक जनाको मृत्यु भएको छ ।
साथै कैलालीका ४३ को महिलाको टाउकोमा चोट लागेर मृत्यु भएको र पीसीआर टेष्ट पश्चात कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । थपिएसँगै नेपालमा हालसम्म कुल ७ हजार ८ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा नियमित पत्राकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर देवकोटाले बताएको हो ।
साथै उनले ५ हजार ७ सय ४६ जनामा पीसीआर परिक्षण गरेको जनाएको छ । हालसम्म १ हजार १ सय ८६ जना डिस्चार्ज भएका छन् । जसमा १ सय १४ जना महिला र १ हजार ७२ जना पुरुष रहेको देवकोटाले बताए ।
आज संक्रमति हुनेमा अर्घखाँची, बाँके, बर्दिया, कैलाली, दैलेख, दाङ, सुर्खेत, कपिल्बस्तु, पाल्पा, रोल्पा, धनुषा, नवलपरासी पूर्ब, पर्वत, तनहुँ, भक्तपुर, बिराटनगर, काठमाडौं, सलाही, सिन्धुपाल्चोक, महोत्तरीलगाएतका जिल्लामा आज कोरोना संक्रमित फेला परेका हुन् ।
कर्णाली प्रदेशमा थप १ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रदेश अस्पताल सुर्खेत पशुपंक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणबाट दैलेखका ८६ र सुर्खेतका ३४ जनामा कोरोना पुष्टि भएको हो । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २ सय २४ पुगेको छ ।
कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाबाट ६ जना, महाबु आइसोलेसन सेन्टर दैलेखबाट १ जना, सालकोट आइसोलेसन सेन्टर सुर्खेतबाट ३ जना र सिम्ता आइसोलेसन सेन्टर सुर्खेतबाट १ जना गरी कुल ११ जना डिस्र्चाज भएका छन् ।
कर्णाली प्रदेशमा डिस्र्चाज हुनेको संख्या ५ सय ५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस