aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ असार २०७७
काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । उपत्यकामा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा थप ६ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । 

प्रवक्ता गौतमका अनुसार काठमाडौंका एक महिला र एक पुरुष, भक्तपुरका एक महिला र दुइ जना पुरुष र ललितपुरका एक जना पुरुषमा कोरोना भाइरसको संक्रमण भएको हो । 

योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या ७८४८ पुगेको छ भने एक हजार १८६ जना निको भएर घर फर्किसकेका छन् । 

प्रतिक्रिया दिनुहोस