aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

मलेसियाबाट ११७ जना नेपाली काठमाडौं आइपुगे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ असार २०७७
मलेसियाबाट ११७ जना नेपाली काठमाडौं आइपुगे

काठमाडौं । हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत मलेसियाबाट ११७ जना नेपाली काठमाडौं आइपुगेका छन् । केहिबेर अघि काठमाडौं आइपुग्नेमा १२ जना महिला र १०५ जना पुरुष रहेको नेपाली दूतावासले जनाएको छ ।

मलेसियामा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि थप ५ उडान हुनेछन् । जुन २० अर्थात पर्सि शनिबार नेपाल एअरलाइन्सले, जुन २१ गते आइतबार हिमालय एअरलाइन्सले, जुन २५ मा पनि हिमालय एअरलाइन्सले नै र जुन २६ र २७ मा नेपाल एअरलाइन्सले उडान भर्नेछ । 

प्रतिक्रिया दिनुहोस