
एजेन्सी । कोरोना संकट र तालाबन्दीबाट विश्वको अर्थतन्त्रसँग जोडिएको कर्पोरेट क्षेत्र त्रासमा रहेका बेलामा भारतको रिलायन्स ईन्डस्ट्रिजमा भने लगानी गर्ने कम्पनीहरुको प्रतिस्पर्धा भइरहेको छ । रिलायन्सको जियो प्लेटफार्ममा लगानीको लागि प्रतिस्पर्धा भइरहेको हो । सामाजिक सञ्जाल फेसबुकले केहि हप्ता अघिमात्र अर्बौ डलर लगानी गर्ने सम्झौता गरेको थियो ।
यसभन्दा पहिले फेसबुक, सिल्वर लेक, भिस्टा इक्विटी, जनरल अटलान्टिक, केकेआर र मुबाडला जस्ता विदेशी कम्पनीले पनि रिलायन्समा लगानी सम्झौतामा हस्ताक्षर गरेका थिए । यसहप्ता फेरि साउदी अरेबियाको सार्वजनिक लगानी कोष (पीआईएफ) ले जियोमा २.३२ प्रतिशत शेयर खरिद गर्न ११,३६७ करोड रूपैयाँ लगानी गर्ने घोषणा गरेको छ ।
पीआईएफ साउदी अरबको सबैभन्दा ठूलो सरकारी कोष हो। गत दुई महिनामा, विदेशी कम्पनीले रिलायन्स समूह कम्पनी जियो प्लेटफार्ममा १ लाख करोडभन्दा बढी लगानी गरेको छन ।
जिओ प्लेटफार्मको कुल लगानी १,१५६९३.९५ करोड रहेको छ । यस तरिकाले रिलायन्स जियो प्लेटफार्मको कुल २५ प्रतिशत विदेशी कम्पनीहरूलाई बेच्ने तयारीमा रहेको छ । त्यस्तै रिलायन्सले पनि आफ्नो शेयर २५ प्रतिशतसम्म बेच्ने योजना बनाएको छ । रिलायन्स समूह यस तरीकाबाट आफूलाई ऋण मुक्त हुने योजना बनाएको छ ।
यस लगानीको बारेमा रिलायन्स इंडस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले भने, “हामीले धेरै दशकदेखि रिलायन्समा साउदी अरेबियाको शाही परिवारसँग राम्रो सम्बन्ध राखेका छौं। तेल अर्थव्यवस्थासँगको यो सम्बन्धले अब भारतको नयाँ तेल अर्थव्यवस्था डाटा(आधारितलाई सुदृढ पार्दैछ, जुन पीआईएफ लगानीको जिओ प्लेटफर्ममा लगानीबाट स्पष्ट हुन्छ ।’
चाखलाग्दो कुरा के छ भने गत केही हप्तामा आधा दर्जन भन्दा बढी विदेशी लगानी रिलायन्स जिओमा लगानी गर्ने इच्छा देखाएका छन । कतारको पीआइएफ र टीपीजी क्याटरटनले पनि यी दुई कम्पनीले जिओ प्लेटफार्म लिमिटेड (जेपीएल) मा ०.९३ प्रतिशत र ०.३९ प्रतिशत ४,५४६.८० सेयर लिएका छन्।
हालसालैको रिलायन्सको सबैभन्दा लोकप्रिय सम्झौता विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल सञ्चालक कम्पनी फेसबुकसँग भएको छ । फेसबुकले जियो प्लेटफर्ममा ९.९९ प्रतिशत शेयर खरीद गर्न,४३,५७४ करोड लगानी गरेको छ । त्यसपछि सिल्वर लेकले ५,६५६ करोडको लगानीमा १.१५ प्रतिशत शेयर, भिस्टा इक्विटीले ११.३६७ करोड लगानीमा २.३२ प्रतिशत शेयर र जनरल अटलान्टिकले १.३४ प्रतिशत शेयर । ६५९८ करोडको लगानीमा घोषित गरे।
के.के.आरले ११,३६७ करोडको लगानीमा जिओ प्लेटफार्ममा २.३२ प्रतिशत शेयर र मुबाडलाले ९०९३ करोड भारु शेयर १.८५ प्रतिशत लगानीमा घोषित गरेको छ ।
प्रतिक्रिया दिनुहोस