aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

यस्तो छ आजको मौसम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ असार २०७७
यस्तो छ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा भारतको पूर्वी उत्तर प्रदेशको भूभागमा निम्न चापीय प्रणाली अवस्थित रहेको जनाएको छ । अहिले देशभर सामान्यतया बदली रही थोरै स्थानहरुमा हल्कादेखी मध्यम वर्षा भइरहेको पूर्वानुमानमा उल्लेख छ । 

शुक्रबार दिउँसोदेशभर सामान्यतया बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यस्तै, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, राति देशभर पूर्णतया बदली रहने सम्भावना रहेको पूर्वानुमानले जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

प्रदेश १, गण्डकी प्रदेश , प्रदेश ५  र बागमती प्रदेशका एक वा दुइ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस