aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

साउदीबाट एक शवसहित १५७ जना नेपाली काठमाडौं आइपुगे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ असार २०७७
साउदीबाट एक शवसहित १५७ जना नेपाली काठमाडौं आइपुगे

काठमाडौं । साउदी अरबबाट १ सय ५७ जना नेपाली बोकेको पहिलो उडान त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ । साउदी अरबको दोश्रो सहर दमाम अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हिमालयन एयरलाइन्समार्फत उनीहरु शुक्रबार बिहान साढे ७ बजे काठमाडौं अइपुगेका हुन् । जसमा ४ जना गर्भवती महिलासहित ८ जना महिला छन् । एक  जनाको शव पनि छ ।

पहिलो उडानमा अलपत्र परेका कामदारहरु आएको दूतावासले जनाएको छ । दोश्रो उडान राजधानी रियादबाट भोलि शनिबार हुँदैछ । तेश्रो उडान भने आउँदो मंगलबार तय भएको छ ।

प्रतिक्रिया दिनुहोस