
काठमाडौं । साउदी अरबबाट १ सय ५७ जना नेपाली बोकेको पहिलो उडान त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ । साउदी अरबको दोश्रो सहर दमाम अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हिमालयन एयरलाइन्समार्फत उनीहरु शुक्रबार बिहान साढे ७ बजे काठमाडौं अइपुगेका हुन् । जसमा ४ जना गर्भवती महिलासहित ८ जना महिला छन् । एक जनाको शव पनि छ ।
पहिलो उडानमा अलपत्र परेका कामदारहरु आएको दूतावासले जनाएको छ । दोश्रो उडान राजधानी रियादबाट भोलि शनिबार हुँदैछ । तेश्रो उडान भने आउँदो मंगलबार तय भएको छ ।
प्रतिक्रिया दिनुहोस