
काठमाडौं । थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका तीन जिल्लाका ३२ जना कोरोना भाइरस संक्रमित थपिएका हुन् ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार बाग्लुङका १० जना, तनहुँका १७ जना, पर्वतका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसंगै गण्डकी प्रदेशमा मात्रै कोरोना संक्रमितको संख्या ३८० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस