aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

नेपालको संविधान (दोस्रो संशोधन), २०७७ नेपाल राजपत्रमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ असार २०७७
नेपालको संविधान (दोस्रो संशोधन), २०७७ नेपाल राजपत्रमा

काठमाडाैं । नेपालको संविधान (दोस्रो संशोधन), २०७७ नेपाल राजपत्रमा प्रकाशन भएको छ ।  

सङ्घीय संसद्का दुवै सदनबाट सर्वसम्मत संशोधन प्रस्ताव पारित भइसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गरेकि थिइन । नेपाल राजपत्रमा बिहीबारकै मितिमा प्रकाशन भएको छ । 

नेपालको संविधानको दोस्रो संशोधनको प्रस्तावनामा नेपालको संविधान दोस्रो संशोधन, २०७७ तुरुन्त प्रारम्भ हुने  उल्लेख छ ।

प्रतिनिधिसभाले गत जेठ ३१ र राष्ट्रियसभाले यही असार ४ दुई तिहाइ बहुमतले पारित गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस