काठमाडौं । लद्दाखमा भएकाे झडपपछि भारतमा चीनको बृहत् रुपमा विरोध भइरहेको छ ।
भारतमा विभिन्न दलका कार्यकर्ता तथा भारतीय नागरिकहरुले विभिन्न तरिकाबाट चीनको विरोध गरिरहरेको सञ्चार माध्यममा समाचार तथा सामाजिक सञ्जालमा यस्ता भिडियो तथा तस्वीरहरु आइरहेका छन् ।
कतै चीनको नक्सा ज’लाइएकाे छ भने कतै चिनियाँ झण्डा ज’लाइरहेको देख्न सकिन्छ । तर भारतको बंगालमा भने चीनका राष्ट्रपतिको पुत्ला जलाइएको भन्दै उत्तर कोरियाको राष्ट्रपति किमजोङ उनको नाम लिइएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
सत्तारुढ दल भाजपा (भारतीय जनता पार्टी) का कार्यकर्ताहरुले गरेको चीनवि’रुद्धको प्रदर्शनमा चीनियाँ राष्ट्रपतिकाे नाम ‘किमजोङ’ उच्चारण गर्दै पुत्ला ज’लाएकाे भनिएकाे छ ।
भिडियोमा भाजपाका एक कार्यकर्ताले भनेका छन्- ‘हामी लद्दाख घटनापछि चीनको वि’रुद्ध प्रदर्शन गरिरहेका छौं, त्यसको विरुद्धमा चीनका राष्ट्रपति किमजोङ उनको पुत्ला जलाइरहेका छाैँ । हामी सबैलाई चीनिया उत्पादन प्रयोग नगर्न आग्रह गर्छौं । स्वदेशी सामान प्रयोग गर्न अनुरोध गर्दै चीनको अर्थ नीति कमजोर पार्ने कोसिसमा रहेका छौँ ।’
ती व्यक्तिले आफ्नो परिचयमा गणेस मट्टी र आफू असनसल साउथ मण्डल वानको भाजपा अध्यक्ष भएको बताएका छन् । उनको पछि पुत्ला पनि बोकिएको र त्यसलाइ ज’लाइने बताएका छन् । सोमबार लद्दाखमा भएको झ’डपमा परी २० भारतीय सैनिकको ज्यान गएको छ । त्यस्तै ७६ सैनिक घाइते भएका छन् ।
यसाे भन्छन् भाजपाका कार्यकर्ता
प्रतिक्रिया दिनुहोस