aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

भारतबाट फर्किएका युवकको मृत्यु, कोरोना परीक्षण गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ असार २०७७
भारतबाट फर्किएका युवकको मृत्यु, कोरोना परीक्षण गरिने

दार्चुला । एक सातापहिले भारतबाट फकिएका दार्चुलाको मार्मा गाउँपालिकाका पुरुषको मृत्यु भएको छ । भारतको बङ्लोरबाट गौरीफन्टा त्रिनगर नाका हुँदै जेठ २९ गते मार्माको लटिनाथ पुगेका २१ वर्षीय पुरुषको मृत्यु भएको मार्मा गाउँपालिका स्वास्थ्य शाखा संयोजक चक्रसिंह धामीले जानकारी दिए ।

मार्मा गाउँपालिका वडा नं। ३ घर भएका मृतक पुरुषको मानसिक सन्तुलन गुमेपछि क्वारेन्टाइनबाट आफन्तले घर लगेका थिए । भारतबाट फर्किएर एक दिनमात्रै लटिनाथ माविको क्वारेन्टाइनमा बसेका पुरुषमा बिहीबार ज्वरो बढ्दैगएको र बेलुका मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

भारतबाट गाउँपालिका भित्रिएको दिन आरडीटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । बिहीबार एक्कासी ज्वरो आएर मृत्यु भएपछि पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरी धनगढी पठाइएको स्वास्थ्य शाखा संयोजक धामीले बताए । रासस 

प्रतिक्रिया दिनुहोस