aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

चिडियाखानाको आम्दानी बढ्यो, ७ लाख नेपालीले घुमे याे वर्ष

  • प्रजिता पाैडेल
    प्रजिता पाैडेल
  • सोमबार, १३ जेठ २०७६
चिडियाखानाको आम्दानी बढ्यो,  ७ लाख नेपालीले घुमे याे वर्ष

काठमाडाैं । नेपालको राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानाले ३३ महिनाको अवधिमा ३९ करोड २३ लाख ३८ हजार ६ सय ८० रूपैंयाको  राजश्व संकलन गरेको छ । चिडियाखानामा गत वर्ष भन्दा आम्दानि बढ्दै गइरहेको छ । आर्थिक वर्ष २०७३/७४ मा १३ करोड ९७ लाख ७२ हजार ८ सय ६० रूपैयाँ संकलन भएको छ । भने ०७४/७५ मा १४ करोड ४ लाख ४९ हजार ७ सय ८५ रूपैया संकलन भएको छ । चालु आर्थिक वर्षको अप्रिलसम्ममा ११ करोड २१ लाख १६ हजार ७० रूपंयाँ संकलन भएको छ । 

चिडियाखानाको जमिन ६ हेक्टरको रहेको छ । सम्पूर्ण जनावरहरूको लागि ठाउँ सानो भएको चिडियाखानाले जनाएको छ । ठाउँ सानो हुँदा जनावरहरू रमाएर घुम्न पाएका छैनन् । 

पछिल्लो समय चिडियाखानामा निकै परिवर्तन आएको छ । उक्त ठाउँमा जुन सुकै व्यक्ती पनि जान सक्ने वातावरण बनाएको छ । अपाङमैत्री ठाउँ, फ्रि वाइफाई, आधुनिक शिक्षा प्रणाली, चिल्ड्रेन पार्क, फ्रि डिङ्किङ वाटर, सफा वातावरण रहेको छ । यहि  वर्ष देखि युवाहरूलाई लक्षित गरी शिक्षा सेन्टर पनि सुरू गर्ने संरक्षण शिक्षा तथा सूचना अधिकारी लिना चालिसेले बताइन् । 

चिडियाखानामा प्रबेश गर्ने मानिसको संख्या 
चालु आर्थिक वर्षमा चिडियाखानामा प्रवेश गर्ने नेपालीको संख्या ७ लाख ४८ हजार ३ सय १८ जना र बिदेशि ५ हजार ३ सय ५६ जनाले चिडियाखाना अवलोकन गरेका छन् ।

अहिलेसम्म सबै भन्दा कम अवलोकन कर्ता भनेको ०७२ सालको भुकम्प गएको बेलामा भएको थियो । त्यस बेला ९ लाख ८ हजार ९ सय ८५ जना अवलोकन कर्ता चिडियाखाना अवलोकन गरेका थिए । 
शनिबार अथवा कुनै बिदाको दिन ३ देखि  १२ हजारको हाराहारीमा मानिसहरू आउने गरेको चालिसेले बताइन् । उनले भनिन् ‘आज मानिसहरू आउदै आएनन भन्दा पनि  १५ सय देखि १८ सय जनाले अवलोकन गर्ने गरेका छन’ । 

चिडियाखानामा प्रवेश गर्दा लाग्ने खर्च 
चिडियाखानामा प्रवेश गर्दा नेपाली नागरीक, बिदेशी नागरिक र सार्क राष्ट्र गरि फरक फरक शुल्कमा प्रवेश गराउने गरेको छ । 
नेपाली नागरिकलाई प्रतिव्यक्ती १ सय ५० रूपैया, जेष्ठ नागरिकलाई ९० रूपैयाँ र विद्यार्थीलाई ९० र ४ वर्ष देखि १२ वर्ष सम्मका बालबालिकालाई ५० रूपैयाँ टिकट निर्धारण गरिएको छ । 

विदेशी नागरिकको वयस्कको लागि ७ सय ५० बालबालिकाको लागि ३ सय ७५ रूपैयाँ निर्धारण गरिएको छ । 
सार्क राष्ट्रका नागरिकको लागि वयस्कको लागि २ सय ५० र बालबालिकाको लागि १ सय २५ रूपैंया टिकट निर्धारण गरिएको छ । 

जनावरको प्रकारः 
चिडियाखानामा १ सय १९ प्रजातिका  जनावरहरू रहेका छन् । त्यसमा स्थनधारी, फिस, र अन्य गरी  १ हजार ७३ वटा जनावरहरू रहेका छन् । 
चिडियाखानामा सबै भन्दा धेरै चरा चुरूङ्गीको प्रजातिहरू रहेका छन् । जसमा ५२ प्रजातिका  ७ सय  १३ वटा लोकल देखि बाहिरबाट ल्याएका चराहरू रहेका छन् । धेरै जसो चराहरू रेस्क्युबाट आएको छ भने कुनै विभिन्न ठाउँबाट बाहिरी देशहरूबाट ल्याइएको चौलागाइँले बताइन् । 
कहिलेकाही आवश्यकता भन्दा बढी जीवजन्तु भएमा राष्ट्रय निकुञ्जका संरक्षित क्षेत्रमा पठाउने गरेको छ । 
चडियाखानामा कुनै जनावर थपघट गर्नुपरेमा, खोरहरू नयाँ वा सार्नु परेमा वा कुनै पनि काम गर्नु परेमा सरकारको निर्णय अनुसार गर्नु पर्ने चालिसेको भनाई छ । 

जनावरको खानाको खर्च 
चिडियाखानामा जंगलको भन्दा फरक तरिकाले जनावरहरूलाई खाना खुवाउने गरिएको छ । उनले भनिन् ‘जनावर हम्रो साथी हो मानिसलाई भन्दा पनि बढि ध्यान दिएर जनावरलाई खाना खुवाउनु पर्छ’ । खानामा ध्यान दिएर स्वस्थ सफा खानेकुरा खुवाउदा जनावरको आयु बढ्ने गरेको छ । खाना खुवाउदा टेन्डर खुलाएर जनावरको रूची अनुसार, गहुँ, मासु भए एक रात पानीमा भिजाएर खुवाउने गरेको छ । 

कुनै जनावरहरू जंगलको ठुलो यरियामा रमाउने हुँदा चिडियाखानको खाना खान मान्दैनन् । उनिहरूलाई आवश्वयता अनुसार खाना खुवाउन पर्ने भएकाले जंगलबाट पनि खानेकुरा खोजेर ल्याउने गरेको संरक्षण कोषले जनाएको छ । तर कुनै जनावरहरू ल्याएर दिएको खानेकुरा नखाँदा उनिहरूलाई जंगलै र्फकाइदिने गरेको छ । 
जनावर, चराचुङ्गी र अन्य जिवजन्तुको खानाको लागि मात्र एक वर्षमा १ करोड ९७ लाख खर्च हुने गरेको छ । 

सदर चिडियाखाना भित्र हाल २ वटा बाघ रहेको छ । एउटा बाघ चितवनबाट मान्छे खाएर कब्जामा लिई ल्याइएको छ । ति दुई बाघलाई दैनिक ७ के.जी फल मासु दिने गरिएको छ । उक्त चितवनबाट ल्याइएको बाघले मानिसले सामुन्ने देख्ने गरि दिएको खाना नखाने भएकोले परैबाट गोली हानेर अथवा सुई लगाएर बेहोस पारेर मात्र खान खुवाउने गरेको सुचना अधिकारी चौलागाईले बताइन । 

उसलाई वस्नको लागि  ५० स्क्वायर जमिन चाहिन्छ । हप्ताको एक दिन अथवा शनिवार त्यसलाई केही पनि खान दिने गरेको छैन् । 

लामो समयसम्म बाँचेका जनावरहरूः 
चिडियाखानामा मानिसलाई जस्तै स्याहारसुसार गरेर, खानामा विशेष ध्यान दिएर राखिएका जनावरहरू छन् । उक्त जनावरहरूमा चाइनीज ‘एलोगेटर’ रहेको छ । यो विश्वमा १०० वटा पनि छैन् । तर बि.सं. २०१९ सालदेखि यस क्षेत्रमा बाँचिरहेको छ । 

पिनकली महिला हात्ती जुन अहिले ७० वर्षको भइन् । उनलाई चिडियाखानाका संरक्षकहरूले हजुरआमा भन्ने गरेका छन् । उनि महिला भए पनि हाल सम्म बच्चा उत्पादन गरेकी छैनन् । 

बाघको आयु पनि छोटै हुने गर्दछ । यहाँकोे सरसफाई र उपयुक्त खानेकुरा , हेरचहाका कारण करिब १६ वर्षसम्म बाघ बाँचेको छ । चिडियाखानामा रहेका जनावरहरु अन्य स्थानको भन्दा धेरै बाँच्ने आयु बढि हुने गर्दछ । 

जिवजन्तुको संरक्षणको लागि विज्ञ भटनरीका ,चिकित्सकहरू चिडियाखानामै बसेर हेरविचार गरिरहेका हुन्छन् । 
अरू जनावरको तुलनामा चराको आयु एकदमै कम हुने गरेको छ । तर चिडियाखानामा ४० वर्ष देखि भुडीफोर चरा बाँचिरहेको छ ।  चरा प्रजातिमा सबै भन्दा छिटो प्रेमी चराहरू मर्ने गरेका छन् ।  


 

प्रतिक्रिया दिनुहोस