
काठमाडौं । थप ४२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४२६ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् ।
नयाँ थपिएका संक्रमित गुल्मीका ९४ जना, बैतडीका ६३ जना, कैलालीका ४९ जना, बागलुङका ३२ जना, सिन्धुपाल्चोकका २१ जना, कञ्चनपुरका २० जना, डोटीका १५ जना, गोरखाका ११ जना, सर्लाहीका ११ जना, झापाका १ जना, मोरङका ३ जना, सप्तरीका ४ जना, अछामका ६ जना, बझाङका ३ जना, बाजुराका ८ जना, डडेलधुराका ९ जना, धादिङका १ जना, कास्कीका २ जना, काठमाडौंका ३ जना, मकवानपुरका ८ जना, म्याग्दीका १ जना, नवलपरासी पूर्वका ४ जना, तनहुँका १९जना, पर्वतका ५ जना, उदयपुरका २ जना, सिन्धुलीका १ जना, चितवनका १ जना, बैतडी ५ जना, स्याङ्जाका ३ जना, कास्कीका ६ जना, अर्घाखाँचीका ६ जना, कपिलवस्तुका ४ जना, नवलपरासी पश्चिम २ र रुपन्देही २ जना रहेका छन् ।
योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या ८२७४ पुगेको छ भने पछिल्लो २४ घण्टामा २१६ जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस