
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) को नमूना संकलन गर्दा तोकिएको निर्देशिका भन्दा फरक तरिकाले संकलन नगर्न आग्रह गरेको छ । निर्देशिका भन्दा फरक तरिकाले नमुना संकलन भइरहेको भन्दै स्वास्थ्य मन्त्रालयले त्यस्तो नगर्न सम्बन्धित सरोकारवाला निकायलाई अनुरोध गरेको हो।
निर्देशिका विपरीत नमूना संकलन गरिँदा स्रोतसाधनको दुरुपयोग हुने, परीक्षणको लागि आवश्यक व्यक्तिहरूको समयमै परीक्षण हुन नपाउने समस्या देखिएको भन्दै त्यस्तो नगर्न मन्त्रालयले सबैलाई सचेत गराएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस