aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

प्रदेश सांसद पटेलद्धारा एक महिनाको तलब सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ असार २०७७
प्रदेश सांसद पटेलद्धारा एक महिनाको तलब सहयोग

वीरगन्ज । प्रदेस सभा सदस्य रमेश पटेलले आफ्नो एक महिनाको तलब वीरगन्ज महानगरपालिकालाई सहयोग गरेको छ । 

उनले प्रदेश सभाबाट पाउने  एक महिनाको तलब ५१ हजार रुपैयाँ वीरगन्ज महानगरपालिकालाई प्रदाना गरेको हो । कोरोना रोग नियन्त्रणको लागी परिक्षणलाई  तिब्रता दिन  पीसीआर मसिन खरिदगर्नको महानगरपालिकाले  आर्थिक सहयोग गर्न गरेको आहवानलाई मध्यनजर गर्दै  प्रदेस सभा सदस्य रमेश प्रसाद प्रटेल आफ्नो एक महिनाको तलब महानगरपालिकालाई सहयोग गरेको हो ।

वीरगन्ज महानगरपालिकाका नगर प्रमुखको कार्यकक्षमा नगर प्रमुख विजय कुमार शरावगीलाई सभासदस्य पटेलले प्रदान गरेको ५१ हजारको चेक उनका स्वकिय सचिव शेख फिरोजले  हस्तान्त्रण गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस