aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

खुटाले चलाएर स्यानिटाइज गर्ने उपकरण बजारमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ असार २०७७
खुटाले चलाएर स्यानिटाइज गर्ने उपकरण बजारमा

काठमाडाैं । न्यु कटुवाल ग्रील उध्योगले कम मूल्यमा गुणस्तरीय एवम लामो समय सम्म टिकाउ हुने खुटाले चलाएर स्यानिटाइज गर्ने उपकरण बजारमा ल्याएकाे छ । 

विश्व स्वास्थ सगठन र नेपाल सरकारले तोकेको सुरक्षाको विधि अनुसार साबुन पानीले हात धुने र सेनिटाइजर गर्ने सामाजिक दुरि कायम गर्ने माक्स लगाउने लगायतका कार्य गर्नु पर्ने बाध्यात्मक अवस्थामा स्वदेशमै रोजगारी सृजना हुने राज्यलाइ राजस्व प्राप्त हुने र स्वदेशी उध्योगबाट उत्पादित बस्तुको प्रयोगको लाई बढावा दिन खुटाले चलाएर स्यानिटाइज गर्ने फलामबाट निर्मित उपकरण बजारमा ल्याएको छ । 

नेपालमा चीन तथा अन्य मुलुकबाट खुट्टाले चलाउने स्यानिटाइज गर्ने झट्ट देख्दा राम्रो तर कमसलकिसिमको  उपकरणहरु बजारमा महङो मूल्यमा बिक्रि बितरण भैरहेको अवस्थामा नेपालमै उत्पादित बलियाे र टिकाउ उपकरणा न्यु कटुवाल ग्रील उध्योगले बजारमा ल्याएकाे हाे ।

बिश्वब्यापी रुपमा फैलिएको कोरोनाको संक्रमणबाट बच्च सरकारले घोशणा गरेको झण्डै ३ महिना सम्म लामो लकडाउनको कारण देशमा उध्योग व्यापार  पेशा ब्यवसाय पुर्ण रुपमा बन्द हुदा देशको अर्थतन्त्र तहसनहस भइ तथा जनजिवन कस्टकर बनेको अवस्थामा अर्थतन्त्रलाई चलायमान बनाउन र जनजिवनलाइ सामान्य अवस्थामा ल्याउन सरकारले लकडाउनलाइ खुकुलो बनाइ सुरक्षाको बिधिहरु अपनाइ उध्योग व्यापार पेशा ब्यवसाय सन्चालन गर्न अनुमती दिएको तर संक्रमितको सन्ख्या दिनानुदिन बढिरहेको अवस्थामा सावधानि अपनाउनुको बिकल्प छैन । 

उक्त उध्योगले देश अहिले कठिन अवस्थामा गुज्रीरहेको अवस्थामा कोरोनाको संक्रमणबाट बच्ने उपाए मध्धेको एक हातले नछोइकन स्यानिटाइज गर्न मिल्ने उपकरण रु. भ्याट बाहेक १५५०/- मा र साबुन पानिले हात धुन मिल्ने वाटर टेन्की स्टील सिन्क अन्य सुबिधा  सहितको सामाग्री रु. २२,०००/-मा निर्माण गरि उपभोक्ताहरुलाइ उपलबध गराउन थालेको छ । 

उक्त उध्योगले कलकारखाना सपिङमल , होटल ,रेस्टुरेन्टमा पार्टिप्यालेस , स्कुल कलेज , सरकारी कार्यालय सार्वजनिक स्थल/लगायतका स्थानमा उपलब्ध गराउदै आएको छ । उध्योगका सन्चालक मोहन कटुवालका अनुसार सधै लकडाउनमा बसेर सिङोमुलुकलाइ आर्थिक सन्कटमा पार्नु भन्दा सबैले आफ्नो आफ्नो स्थानबाट कोरोनाको संक्रमणबाट बच्न अपनाउनु पर्ने उपाएहरु अपनाएर सबै जनाले आफ्नो आफ्नो काममा लाग्नु पर्ने भएको अवस्थामा हामिले उत्पादन गरेको बताए ।

सुरक्षाको उपकरणको प्रयोगले केही हदसम्म सुरक्षित रहन मद्धत पुग्ने भएकोले सबै बर्गले स्विकार्न सक्ने कटुवालकाे बिस्वास छ । महाभुकम्प पिडितहरुलाइ लागत मुल्यमा ६०० परिवारलाइ भुइघर तयार गरि सेवा प्रदान गरेका थिए । कटुवाल ग्रील तथा स्टील ब्यवसायी महासघ नेपालका केन्द्रीय अध्यक्ष हुन ।
 

प्रतिक्रिया दिनुहोस