
काठमाडौं । नेपाल बैंकर्स संघले आगामी मौद्रिक नीतिमा १ प्रतिशत सीआरआरमा छुटको माग गरेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिको सुझाव पेश गर्दै मर्ज तथा प्राप्तिमा जान प्रोत्साहन स्वरुप एक प्रतिशत सीआरआरमा छुट हुनपर्ने सुझाव दिएको हो ।
बैंक तथा वित्तीय संस्थाको तिव्र प्रतिस्पर्धाका कारण वित्तीय संस्थाहरुको सेवामा गुणस्तर सुधार भइरेको र तिव्र प्रतिस्पर्धाका कारण बैंकहरुको आम्दानी समेत कम हुँदै गएको उल्लेख गरेको छ । बैंकहरुको तिव्र प्रतिपस्र्धालाई नै मध्यनगर गर्दैै राष्ट्र बैंकले मर्जर÷एक्वजिसनलाई प्रोत्साहन गरेको संघले आफ्नो सुझावमा उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस