aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

डोनाल्ड ट्रम्पबारे ४० रोचक कार्टुन जुन ‘नेपाली ट्रम्प’का लागि फिट हुन्छन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ असार २०७७
डोनाल्ड ट्रम्पबारे ४० रोचक कार्टुन जुन ‘नेपाली ट्रम्प’का लागि फिट हुन्छन्

काठमाडौँ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आलोचकहरूले थप एउटा उपनाम दिएका छन्- नेपाली ट्रम्प । अमेरिकामा त शायद राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हाम्रा प्रधानमन्त्रीसँग तुलना गर्दैनन् । तर यदि कुनै अमेरिकनले केपी ओलीका हर्कत नियालिरहेको छ भने अवश्य पनि ट्रम्पसँग तुलना गर्न चुक्ने छैन ।

हुनपनि आफ्नो विज्ञता नभएको विषयमा पनि जान्ने भएर बोल्ने, जे जिम्मेवारी हो त्योबाट अनेकौँ बहानावाजी गर्दै पन्छिने तर असम्बन्धित क्षेत्रमा हस्तक्षेप गर्ने जस्ता धेरै उनीहरुका स्वभाव मिल्छन् । आफ्ना आलोचकबिरुद्द मर्यादा नै बिर्सिएर तल्लो स्तरको गाली गलौजमा र लाञ्छनामा उत्रिने देखि आफ्नो गुणगान नगाउने सहयोगीलाई समेत टिमबाट हटाएर भक्ति गान गाउने भजन-मण्डलीको इसारामा नाच्ने पनि यी दुई राष्ट्र प्रमुखका साझा विशेषता हुन् । 

यसमा पनि दुबैमा शतप्रतिशत मिल्ने कुरा भनेको मिडियाप्रतिको अनुदार र आक्रोशपूर्ण व्यवहार हो । तेस्रो विश्वको मुलुक भएकाले नेपाली मिडिया मानसिक रूपमा ओलीसँग थर्कमान छ । उनका ‘अरिङ्गाल’ले सामाजिक सञ्जाल मार्फत नै धेरैको सात्तो टिपेका छन् । उता अमेरिकामा भने मिडिया यति धेरै आतङ्कित छैन र देखेका कुरा निर्भीक रूपमा प्रकाशित/प्रसारित गरिरहेको छ ।

यहाँ अमेरिकाका वैकल्पिक मिडियाले राष्ट्रपति ट्रम्पका बारेमा प्रकाशित गरेका केही कार्टुनहरू सङ्कलन गरिएको छ । ट्रम्पले कोरोना भाइरसबारे गरेका टिप्पणी, महामारी रोक्न गरेका अनौठा तर असफल उपायहरू, कोभिड-१९ को उपचारमा औषधि र खोपको प्रयोगबारे उनका अप्रमाणित दाबी, आफूलाई राष्ट्रवादी देखाउन उनले चीनमाथिका टिप्पणी, सामाजिक सञ्जाल विशेष गरी ट्रम्पका ट्विट र मिडिया प्रतिको असहिष्णुता लगायतका विषयमा केन्द्रित भएर विभिन्न कार्टुनिष्टहरुले कोरेका कार्टुनहरू हुन्, यी । ‘नेपाली ट्रम्प’ लाई समेत लक्षित गर्न मिल्ने विभिन्न सञ्चारमाध्यमबाट सङ्कलन केही कार्टुन यहाँ पोष्ट गरिएको छ ।

सर्वप्रथम ट्रम्पले महामारीमा मानिसको ज्यान भन्दा पुँजी बजार बचाउन गरेको निर्णय विषयमा बनाइएको कार्टुनहरु  :  

ट्रम्प र कोरोना महामारीसँग सम्बन्धित कार्टुनहरू :

कोरोना भाइरसविरुद्धको खोप र औषधीबारे ट्रम्पका भनाई प्रतिको व्यङ्ग्य :


मिडिया र आलोचक प्रतिको उनको रवैया :


आगामी चुनाव र गैर-जिम्मेवार अभिव्यक्तिबारे : 


ट्रम्पका ट्विट लक्षित कार्टुन :


ट्रम्पको राष्ट्रवाद र चीनको खेदो खनाई माथि कोरिएका कार्टुन :


 

प्रतिक्रिया दिनुहोस