
काठमाडौं । सरकारले कोरोनाको कारण रोकिएको वैदेशिक रोजगारी फेरि खुला गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको शुक्रबार बसेको बैठकले बिदामा आएकासँगै नयाँ रोजगारीमा जान दिने निर्णय गरेको हो ।
परराष्ट्र मन्त्री प्रदरीपकुमार ज्ञवालीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिसमा जान दिने निर्णय गरिएको बताए । अध्ययनका लागि जाने विद्यार्थीहरुको हकमा शिक्षा मन्त्रालयको सिफारिसमा जान दिइनेछ ।
त्यस्तै, बैठकले सम्बन्धित देशको सरकार र रोजगारदाता कम्पनीले खर्च नव्यहोर्नेहरुको स्वदेश फिर्तीका लागि कार्यविधि बनाउन श्रम मन्त्रालयलाई निर्देशन दिएको छ । यसअघि असार १ गते सर्वोच्च अदालतले विदेशमा समस्यामा परेका, आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने श्रमिकको उद्धारमा वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी ल्याउन अन्तरिम आदेश जारी गरेको थियो । त्यही आदेशअनुसार कस्ता श्रमिकलाई कसरी ल्याउने भनेर श्रम मन्त्रालयले कार्यविधि बनाउने काम अघि बढाइसकेको छ ।
प्रतिक्रिया दिनुहोस