aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

एमसीसीबारे छलफल गर्न आज नेकपा सचिवालय बैठक बस्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ असार २०७७
एमसीसीबारे छलफल गर्न आज नेकपा सचिवालय बैठक बस्ने

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे छलफल गर्न नेकपा सचिवालयको बैठक आज फेरि बोलाइएको छ । पटक–पटक स्थगित हुँदै आएको सचिवालयको बैठक आज फेरि  बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो । 

एमसीसीमा पार्टीभित्र एकमत नहुँदा सचिवालय बैठक पटक पटक आह्वान गर्ने र अन्तिम समयमा स्थगित गर्ने गरिएको छ । पछिल्लो पटक ३२ असारमा बोलाइएको बैठक पनि निर्धारित समयभन्दा एक घण्टा अगाडि स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस