aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

यी पाँच देशबाट आज नेपाली स्वदेश फर्कंदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ असार २०७७
यी पाँच देशबाट आज नेपाली स्वदेश फर्कंदै

काठमाडौं । विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि आज ५ उडान हुने भएको छ । मलेसिया, कतार, साइप्रस, बंगलादेश र कोरियाबाट आज नेपालीहरु स्वदेश फर्कंदै छन् । 

साइप्रस मलेसिया र कतारको दोहाबाट नेपाल एअरलाइन्सले त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान भर्नेछन् भने बंगलादेशबाट हिमालय एअरलाइन्सले नेपालीलाई ल्याउनेछ ।

त्यस्तै आज कोरियाबाट पनि कोरियन एअरलाइन्समार्फत २२६ जना नेपालीहरु स्वदेश फर्कर्दैछन् । प्रवेशाज्ञा अवधि सकिएका तथा नेपाल फर्कनुपर्ने आवश्यकता हेरेर सकेसम्म सबैभन्दा बढी आवश्यक भएकालाई प्राथमिकताका साथ समेटिएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस