aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

नेकपाको निर्णय विदेशी बुहारीलाई सातवर्ष पछि मात्र नागरिकता

  • रासस
    रासस
  • शनिबार, ०६ असार २०७७
नेकपाको निर्णय विदेशी बुहारीलाई सातवर्ष पछि मात्र नागरिकता

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रस्तावित नागरिकतासम्बन्धी विधेयकमा वैवाहिक अङ्गिकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था राख्ने गरी विधेयक अघि बढाउने निर्णय गरेको छ ।

लामो समयदेखि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको सो विधेयकमा समितिमा सहमति जुट्न नसकेको स्थितिमा नेकपाले आफ्नो धारणा स्पष्ट गरेको हो । समितिमा उक्त प्रावधान राख्न प्रस्ताव आएकामा विपक्षी दलले त्यति लामो अवधि राख्न नहँुने बताउँदै आएका छन् । 

नेकपाको बैठकपछि सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले त्यस्तो नागरिकता प्राप्त गर्न ती व्यक्तिले सम्बन्धित देशको नागरिकता परित्याग गरेको प्रक्रिया आरम्भ गरेको हुनुपर्ने पनि निर्णय गरेको बताए। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस