aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

बिरुवा उत्पादन गर्न २६ करोड सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ असार २०७७
बिरुवा उत्पादन गर्न २६ करोड सहयोग

तनहुँ । जिल्लाको ऋषिङ्गाउँपालिका–१ झापुटारस्थित निर्माणधीन तनहुँ जलविद्युत परियोजनाद्वारा विरुवा उत्पादन गर्न डिभिजन वन कार्यालयलाई रु २६ करोड आर्थिक सहयोग गरेको छ ।

करिव ४१७ हेक्टर वन क्षेत्र सो परियोजनाको जलाशयले डुवानमा पार्ने र  एक लाख ८१ हजार विरुवा कटान गर्नुपर्ने जनाइएको छ । हुँदा त्यस बापतको क्षतिपूर्ति स्वरुप उक्त रकम सहयोग गरेको हो ।  छुट्टै वृक्षरोपण गर्न साथै २५ गुणाले विरुवा उत्पादन गर्ने उद्देश्यले  परियोजनाले सो आर्थिक सहयोग गरेको हो ।  

तीन हजार दुई सय चौवन्न हेक्टर क्षेत्रफलमा रोप्न पुग्ने विरुवा उत्पादन गर्न परियोजनाले आर्थिक सहयोग गरेको  कार्यालका सहायक वन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए । 

परियोजनाले सहयोग गरेको सो रकम मध्ये हाल रु।दुई करोड बराबर खर्च भएको छ । उनले भने– ‘यसबर्ष परियोजनाको नौ लाख र गण्डकी प्रदेश सरकारको रु।एक लाख गरी रु। दश लाखको लागतमा विरुवा उत्पादन गरिएको  हो ।’

सो रकमले सात वर्षको अवधिसम्म जिल्लामा करिव ५४ लाख विरुवा उत्पादन गर्ने योजना रहेको छ । हेर्दा वनजस्तो देखिने तर आयआर्जन नदिने क्षेत्रमा फडानी गरेर बृक्षरोपण गर्नका लागि दुई पक्षीय सहमति भएको जनाइएको छ । 
तेजपात पकेट क्षेत्र 

तेजपात खेतीलाई जिल्लामा पकेट क्षेत्रका रुपमा विकसित गरिने भएको छ ।  गत वर्ष जिल्लामा जडीवुटी विकास कार्यक्रम र वन विभागको रकमबाट करिब ३० हेक्टर सरकारी जग्गामा तेजपातका विरुवा लगाइएको डिभिजन वन कार्यालयले जनाएको छ ।  कृषकलाई तेजपातको विरुवा वितरण गरि पकेट क्षेत्र वनाउँन लागिएको हो । 

सो कार्यालयले  गतवर्ष रु २० लाख सहयोग गरी जिल्लाको शुक्लागण्डकी कृषि पर्यटन सहकारी संस्थाले तेजपात प्रशोधन गर्ने मेशिन खरिद गरी ल्याएको डिभिजन वन अधिकृत केदार बरालले जानकारी दिए । 

तेजपातलाई प्रशोधन गरी त्यसबाट तेल निकाल्ने परीक्षण उत्पादन सम्पन्न भएको  र अब व्यपारी उत्पादनको लागि तयारी भइरहेको उनले बताए । यसको तेलबाट टुथपेष्ट र मसाज तेललगायतका औषधिजन्य वस्तु उत्पादन गर्न सकिने जनाइएको छ । 

म्याग्दे गाउँपालिकामा एक लाख, शुक्लागण्डकी नगरपालिकामा एक लाख विरुवा उत्पादन गरी लगाउने कार्य भइरहेको छ । त्यसैगरी, बन्दिपुर गाउँपालिकामा एनजिओ नेटवर्कले डिभिजन वन कार्यालयमार्फत विरुवा लगेर सामुदायिक वनमा रोपाएको छ । एक÷दुई वर्षपछि बन्दिपुर गाउँपालिकासमेतमा प्रशोधन मेशिन आवश्यक पर्ने देखिएको उनले जानकारी दिए ।

डिभिजन वन कार्यालयले शुक्रबारसम्म करिब डेढ लाख विरुवा वितरण गरेको छ । निबुवा, कागती, आप, लिची गरी २६ हजार फलफूल र अन्य चाप, बडहर, बकाइनो, अशोकालगायतका गरी डेढ लाख विरुवा वितरण गरेको हो । 

यसवर्ष दश लाख विरुवा उत्पादन गरेसँगै तयारी अवस्थामा रहेका विरुवा बितरण कार्य थालिएको कार्यालयले जनाएको छ । 

जिल्लाभित्र रहेका झाडी वनलाई हटाएर उत्पादनशील वन वनाउने उद्देश्यले विरुवा उत्पादन गरेको  हो । उनले भने– ‘पशुपालन तथा मौरी पालन पेशालाई आयआर्जनमा सहज वनाउन र बाँझो जग्गा नराख्ने अभियान अन्र्तगत विरुवा बितरण गर्ने गरिएको हो ।’

कार्यालयले परिसरको नर्सरीमा दुई लाख २५ हजार विरुवा उत्पादन गरेको छ भने जिल्लामा रहेका आठ सब डिभिजनले आ–आफ्नो क्षमता अनुरुप विरुवा उत्पादन गरेको सहायक वन अधिकृत उप्रेतीले जानकारी दिए । कार्यालयले छ लाख विरुवा उत्पादन गरेको भएपनि यसवर्ष करिब चार लाख बढी विरुवा उत्पादन गरेको जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस