
काठमाडौं । नेपालमा मनसुन सक्रिय बन्दै अझै एक साता वर्षा हुने क्रम जारी रहने भएको छ । मनसुन भित्रिएर देशभर फैलने क्रममा वर्षा सुदूरपश्चिम पुग्न थालेको छ । त्यहाँदेखि यताका क्षेत्रमा विगत एक सातादेखि नै वर्षा हुने क्रम कायम छ । अझै एक साता यो क्रम जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद्का अनुसार मनसुन देशभर प्रशस्त रूपमा फैलने क्रममा रहेको छ । मनसुनको सक्रियताका कारण देशव्यापी रूपमा बदलीको अवस्था रहेको छ । हाल भारतको पूर्वी उत्तर प्रदेशको भूूभागमा न्यून चापीय प्रणाली रहेको छ । मनसुन सक्रिय भएसँगै वर्षा हुने क्रम जारी रहँदा देशका ठूला, साना नदीको बहाव बढ्दैछ ।
प्रतिक्रिया दिनुहोस